आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

नगरपालिकाको ताला खुल्यो,आफै ताला लाउदै आफै खोल्दै

  • रारा रैबार
  • २०७७ अषाढ १३, शनिबार मा प्रकाशित
  • १४५३ पटक पढिएको
  •  

    मुगु ः छायाँनाथ रारा नगरपालिका लगाईएको ताला शनिवार खोलिएको छ । नेकपा सर्मथक जनप्रतिनिधिले नगर प्रमुखले मनोमानि रुपमा सातौ नगर सभा सञ्चलन गरेको आरोप लगाउदै गयको बिहिबार देखि छायाँनाथ रारा नगरपालिकाममा ताला बन्दी गरेका थिए ।

    शनिबार छायाँनाथ रारा नगरपालिका उप प्रमुख सुन्तला रोकाया सहित नेकपाका जनप्रनिधि नगरपालिकामा आई प्रहरी र पत्रकारको रोवहरमा आफैले लगाएको ताला ले खोलेका छन ।

    उनीहरुले कसरी ताला लगाए र आज कसरी ताला खोल्ने निर्णय गरे त्यसका बारेमा आफुलाई केहि जानकारी नभएको नगर प्रमुख हरि जंग शाहीले बताए ।

    उहाँका अनुसार गएको १० गते छायाँनाथ रारा नगरपालिकाको सातौ नगरसभा उदघाटन भै सञ्चालन भई रहेका बेला नेकपा सर्मथक जनप्रनिधिहरुले नाराबाजा गदै आफुलाई लक्षित गरि खुसार्नीको धुलो प्रहार गरेको र नगरसभा उद्घाटनको भोलीपल्ट नगरपालिकामा आई उनीहरुले तालाबन्दी गरे आज फेरी आफै आएर खोलेछन ।

    यता उपमेयर पक्षहरुले सधै आफना सदस्यहरुलाई प्रलोभनमा पारेर आफनो बहुमत जुटाई आफनो स्वार्थ पुरा गर्ने गरेकाले यो पटक सहमती,सहकार्य र समझदारीमा नगरसभा गरौ भन्दा पनि सहमती नगरेर बल मिचाई गरेर नगरसभा उद्घाटन गरेकाले आफुहरुले नगरपालिका तालाबन्धि गरेको बताईन ।

    जनप्रनिधि कार्वहि देखि सभाको निरन्ता दिने सहमति

    नगरपालिकाको सातौ नगरसभामा नगरप्रमुख लाई खुसानीको धुलो प्रहार गर्ने जनप्रतिनिधि लाई कार्वहि गर्ने र सभाको निरन्तादिने निर्णय भएको छ ।
    शुक्रबार जिल्ला प्रशासन कार्यलय मुगुमा दुवै पक्षका पार्टि प्रमुख जनप्रतिनिधि वार्तामा बसेर नेकपा सर्मथक नेताहरुले नगरसभाम खुर्सानिको धुलो प्रहार गर्ने र उत्शृखल गतिबिधि गर्ने १० जना लाई कार्वहि गर्ने र सभा निरन्ता दिर्ने सहमति भएको छ ।

    सहमतिमा भएका निर्णय निर्णय यस्ता छन

     

     

    प्रतिक्रिया दिनुहोस