आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  प्रदेश

बारामा चट्याङ लागेर चार महिलाको मृत्यु

  • रारा रैबार
  • २०७७ अषाढ १८, बिहिबार मा प्रकाशित
  • ६६७ पटक पढिएको
  • रारा रैवार सम्वाददाता
    असार १८ बारा
    बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। आज विहान चट्याङ लाग्दा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए। उनका अनुसार कलैया उपमहानगरपालिका–१२ कि ३५ वर्षीया आशा देवी र ४५ वर्षीया अलिमा खातुनको मृत्यु भएको छ।

    यसै गरी बाराको फेटा गाउँपालिका वडा नं १ का ३० वर्षिया तेन्दु देवी र ४० बर्षीया सुनारपती देवी छन्। चट्याङ लागेर फेंटा गाउँपालिका–१ कै बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएको र उपचारका लागि उनीहरूलाई वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ। खेत रोपाइँ गर्ने क्रममा महिलाहरुलाई चट्याङ लागेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए।

    प्रतिक्रिया दिनुहोस