आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

खत्याडमा नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गर्नेको लर्को 

  • रारा रैबार
  • २०७७ अषाढ ३१, बुधबार मा प्रकाशित
  • ९०४ पटक पढिएको
  • रारारैवार संवाददाता
    असार ३१ मुगु

    मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिकामा नेकपा परित्याग गरी नेपाली काग्रेशमा प्रवेश गर्नेको लर्को लागेको छ । खत्याड गाउँपालिका वडा नम्बर ३ र वडा नम्बर ५ बाट नेपाल कम्युनिष्ट पार्टीबाट २० जनाले नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस जिल्ला कार्य समिति मुगुले जनाएको छ । गाउँपालिका वडा नम्बर ३ रोल गाउँबाट नवराज शाही, नन्दबहादुर शाही, मोहनकुमार शाही, दिपराज शाही, चन्दलाल टमटा, नम विटालु कलबहादुर रोकाया र गोरे बुढाले काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेसले जानकारी दिएको छ ।

    त्यस्तै खत्याड गाउँपालिका वडा नम्बर ५ बाट पनि करिब दर्जन कम्न्युष्ट कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन । कालीबहादुर बुढा, हरिकृष्ण चौलागाई, मणिचन्द्र चौलागाई, लगायत दश जना एमालेका नेता तथा कार्यकर्ताले काँग्रेसमा प्रवेश गरेका काँग्रेसले जनाएको छ ।

    वडा नम्बर ३

    नवराज शाही, नन्दबहादुर शाही, मोहनकुमार शाही, दिपराज शाही, चन्दलाल टमटा, नम विटालु, कलबहादुर रोकाया र गोरे बुढा

    वडा नम्बर ५

    कालिबहादुर बुढा, हरिकृष्ण चौलागाई, मणिचन्द्र चौलागाई, मानप्रसाद चौलागाई, त्योयानाथ चौलागाई, टंकप्रसाद चौलागाई पुर्वराज जैसी, जयशंकर चौलागाई, डिल्ली बहादुर बुढा, जनक रोकाया,

    प्रतिक्रिया दिनुहोस