आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

कृषकका स्याउ बगैंचामा डोजर चलाएर बाटो निर्माण

  • रारा रैबार
  • २०७७ श्रावण ६, मंगलबार मा प्रकाशित
  • ५१६ पटक पढिएको
  • रारारैवार संवाददाता
    साउन ६ मुगु

    सडक खन्दा लगाईएको अन्न बालीका साथै स्याउका रुख बिरुवाहरु नष्ट भएपछि कृषकहरु मर्कामा परेका छन् । बर्षौंदेखि दुखः गरेर जगेर्ना गरेका ७ स्याउ र २ वटा ओखरका रुखहरु डोजरले फालिदिएपछि आँखाभरि आसु पार्दै बसेकी छायाँनाथ रारा नगरपालिका वडा नं ५ ढुम गाउँकी जौमती भियालले भनिन, ‘अव के गर्ने होला ? क्षतिपूर्ती पनि दिदैन भन्छन। क्षतिपूर्तीको लागि पहल गरिदिन पर्‍यो।‘

    वडा ५ ढुम गाउँकै अर्का कृषक सिङ बुढाका पनि साना ठुला गरि ३ सय स्याउका बिरुवा नष्ट भए । उनले पनि पीडा सुनाउँदै भने सबै लगानी डुब्यो अब के गर्ने होला ? ताल्चकै जयगणेश बिकका २२ वटा रुख र राम बहादुर बुढाका ३ सय भन्दा बढी रुख यसैगरि ताल्च कै नन्द बहादुर महतारा, काली बहादुर रोकाया र हरिचन्द्र कार्की लगायत गरि १ हजार भन्दा बढी फलफुलका रुख बिरुवाहरु नष्ट भएका छन् । केही ठाँउमा बिरुवाहरु ढुङ्गा माटोले पुरेर नष्ट गरेको छ भने केही ठाउँमा डोजरले उखेलेको छ ।

    सडक खन्ने क्रममा फलफुलका बिरुवाहरु नष्ट भएपछि कृषकहरुले सम्बन्धित निकायमा क्षतिपूर्तीको माग समेत गरेका छन् । यसैगरि सडकको तलमाथि लगाईएको बर्षे बाली कोदो, आलु समेत सडक खन्दाको माटो, ढुङ्गाको पहिरोले छोपेको छ । धेरैजसो ताल्चदेखि मैतु सडक खण्ड आसपासमा जग्गा भएका कृषकहरु मारमा परेका छन् ।

    यता सडक डिभिजन कार्यालय जुम्लाले प्रभाबित कृषकहरुको क्षतीको बास्तबिक परिमाण आएमा क्षतिपूर्ती दिने आश्वासन दिएको छ। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भन्डारीले जति रुख बिरुवाको क्षती भएको छ त्यति स्याउका बिरुवा बितरण गर्ने र अन्नबालीको हकमा क्षति भएको कृषकको लागि २-३ लाख रुपयाँ बराबरको चामल खरिद गरेर प्रति पिडित जग्गाधनी परिवारलाई राहत स्वरुप उपलब्ध गराउने बताए ।

    प्रतिक्रिया दिनुहोस