आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

बिपी स्मृति दिवसको अवसरमा मुगुमा वृक्षरोपण

  • रारा रैबार
  • २०७७ श्रावण ६, मंगलबार मा प्रकाशित
  • ९२५ पटक पढिएको
  • रारारैवार संवाददाता
    साउन ६ मुगु
    मुगुमा ३८ औ विपि स्मृति दिबसको अबसरमा वृक्षारोपण गरीएको छ । मंगलबार विपि विचार राष्ट्रिय समाज मुगुको आयोजनामा ३८ औ विपि स्मृति दिबसको अबसरमा छायाँनाथ रारा नगरपालीका वडा नं ५ झापागाडामा बिभिन्न प्रजातिकमा बिरुवा रोपी वृक्षारोपण गरीएको हो ।

    विपि पार्कका रुपमा परिचित झापागाडाम बिभिन्न प्रजातिकमा विरुवा रोपी ३८ औ विपि स्मृति दिबस वृक्षारोपण गरेर मनाईएको विपि विचार राष्ट्रिय समाज मुगुका सभापति सिहं बहादुर मल्लले जानकारी दिए ।

    विपि स्मृति दिबसमा विपिले नेपालको राजिनतिक परिवर्तनमा दिएका योगदान र काग्रेशमा विपिले प्रतिवाद्धन गरेका सिद्धान्त लाई मनन् गर्ने सम्झिने र सहि बाटोमा हिड्न अरु लाई विपिको विचार प्रयोग गर्न आग्रह गर्नुका साथै विक्षारोपण लगायत अन्य बिभिन्न कार्यक्रम गरी बर्षेनी विपि स्मृति दिबस मनाउने गरेका सभापति मल्लको भनाई छ ।

    विपि स्मृति दिबसको अबसरमा नेपाली काग्रेशका सभापती खड्क बहादुर शाही लगायत पाटीका जिम्मेवार ब्यत्ति ,कार्यकर्ता , र नेपाली काग्रेश बाट निर्वाचित जन प्रतिनिधि छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाही मुगुमकामारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामा पनि बृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस