आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

कार्यालय सहायकले ९ महिना सम्म तलब पाएनन

  • रारा रैबार
  • २०७७ श्रावण ८, बिहिबार मा प्रकाशित
  • ४८९ पटक पढिएको
  • राजबहादुर शाही
    साउन ८ मुगु

    मुगुको सोरु गाउँपालिकामा कार्यरत ९ जना कार्यालय सहायकले विगत ९ महिना देखि तलव सुविधा पाउन सकेका छैनन् ।गाउँपालिकामा कार्यरत कार्यालय सहायकलाई प्रति महिना ८ हजार तलव दिने निर्णय गरेर स्वास्थ्य कार्यलय र गाउँपालिकामा सहायक कर्मचारीको रुपमा नियुक्ती गरिएको थियो ।

    कार्यालय सहायक दिप बहादुर बुढाले लामो समय तलव सुविधा नदिदा दैनिक खर्च चलाउन समस्या भएको बताउनुभयो ।उहाँले पटक–पटक तलवको माग गर्दा वेवास्ता गर्ने गरेको बताउनुभयो ।

    गाउँपालिका प्रमुख लोकबहादुर शाहीले भने बजेटको ब्यबस्था मिलाएर तलब दिने बताउनुभयो । गाउँपालिकाका ३८ जना स्वास्थ्यकर्मीले अझै कोरोना महामारी नियन्त्रणमा खटिए बाफतको जोखिम भत्ता पाएका छैन ।

    प्रतिक्रिया दिनुहोस