आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

आहा! ढकमक्क फूलले ढाकेको रारा (फोटो फिचर)

  • रारा रैबार
  • २०७७ श्रावण १२, सोमबार मा प्रकाशित
  • १०३५ पटक पढिएको
  • रारारैवार सवाददाता
    साउन १२ मुगु
    वर्षेनी यो समय रारा घुम्नका लागि उपयुक्त मौसम मानिन्छ । तर अहिले बिश्वभरी फैलिएको कोराना भाईरस (कोभिड १९ ) का कारण रारा घुम्न आउने आन्तरिक पर्यटकको सख्या शुन्य नै छ । गहेका बर्षहरुमा यो समय दैनिक पाँचसयदेखि एक हजारसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका भएपनि कोरानाका कारण यो बर्ष रारा सुनसाननै छ ।

    तर सुनसान

    रारामा ताल वरपर ढकमक्क फुलेका फूलले रारा लाई झनै सुन्दर बनाएको छ । रारा ताल, आफैंमा सुन्दर छ । यही सुन्दर तालको वरिपरि फुलेका विभिन्न प्रजातिका फूलहरुले यहाँको वातावरण रंगिन बनाएको छ । प्रकृतिले सिँगारिएको राराले खैरो, बैजनी र नीलो गरी दिनमै तीन पटक रूप बदल्ने गर्दछ । यति बेला रारा क्षेत्रमा फुलेका फूलले राराताललाई झन् मनमोहक बनाएको नेपाल पत्रकार महाँसघ मुगुका शाखाका अध्यक्ष नृपेन्द्र कुमार मल्लले बताए ।

    मुर्माटपसम्म पुगरे रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त हुने उनको भनाइ छ । तर कोरानाको कारण सुनसान रारामा बन्दाबन्दी खुले संगै तालमा रमाउन यतिबेला आन्तरिक पर्यटकको चहलपहल पनि केहि बढ्दै गहेको मल्लले बताए ।

    समुद्र सतहदेखि २ हजार ९९० मिटर उचाइमा रहेको रारा तालको ५ किलोमिटर लम्बाइ, तीन किलोमिटर मिटर चौडाइ र १६७ मिटर गहिराइ रहेको छ । यस तालमा दुर्लभ असला जातका माछा, रानी ट्राउट, भ्यागुतोलगायत ३०० प्रजातिका चरा पाइन्छन् । यस्तै, यस क्षेत्रमा कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु पनि अवलोकन गर्न सकिन्छ ।

     

    प्रतिक्रिया दिनुहोस