आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

मुगुका पत्रकारलाई मास्क र जकेट सहयोग

  • रारा रैबार
  • २०७७ श्रावण १२, सोमबार मा प्रकाशित
  • ६७६ पटक पढिएको
  • रारारैवार संवाददाता
    साउन १२ मुगु
    नेपाल प्रेस युनियन मुगुको टिमलाई प्रेस ज्याकेट सहित मास्क सहयोग प्रदान गरिएको छ । नेपाल प्रेस युनियन पूर्ब केन्द्रीय सदस्य शिब लम्साल र केन्द्रीय सचिव खिम लाल कार्कीको पहलमा मुगुका एक दर्जन भन्दा बढी प्रेस युनियन टिमलाई हरियो रंगको प्रेस ज्याकेट र मास्क उपलब्ध गराएका छन् ।

    आइतबार मुगु प्रेस यूनियन टिम रारामा पुगेर तालको किनारमा एक कार्यक्रम बीच प्रेस युनियनमा आबद्ध संचारकर्मीलाई ज्याकेट माक्स हस्तान्तरण गरिएको हो ।

    प्रेस युनियनका मुगुका अध्यक्ष बिनोद कुमार मल्लले कोभिड(१९ लाई लक्षित गरि सुरक्षाको निम्ति ज्याकेट मास्क उपलब्ध गराउने शिब लम्साल र खिमलाल कार्कीलाई धन्यबाद दिएका छन् ।

    प्रेस ज्याकेटले गर्दा मुगुका प्रेस युनियन टिमलाई जोखिम अबस्थामा समाचार संकलन गर्न सहज भएको उनको भनाई छ । कोरोना महामारीको अबस्था सम्झीने जुनसुकै निकाय ब्यक्तिलाई कहिल्यै भुल्न नसकीने नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लको भनाई छ ।

    एक महिना अघि फोटो पत्रकार महासंघ मुगुका संचारकर्मीलाई प्रेस ज्याकेट उपलब्ध गराएको र फेरि मुगुका प्रेस युनियनको टिमलाई युनियनका पूर्ब केन्द्रीय सदस्य शिब लम्साल केन्द्रीय सचिव खिमलाल कार्की प्रेस ज्याकेट उपलब्ध गराएको उनको भनाई छ ।

    ज्याकेट र सुरक्षा समाग्री दिने निकाय र ब्यक्तिलाई महासंघका अध्यक्ष मल्लले बधाई दिएका छन् । आइतबार प्रेस युनियनको टिम रारामा रमाएको थियो ।

    प्रेस युनियनको ज्याकेट लगाएर तालको डिलमा फेल्सी खिच्दै, सामुहिक फोटो खिच्दै रमाइलो गरेको छ । सबैले प्रेस ज्याकेट लगाएर रारा तालको डिलमा सामुहिक फोटो खिच्दा सारै आनन्द महसुुस भएको बरिष्ठ फोटो पत्रकार कबिराज कार्कीले बताए । रारा ताल वरिपरीको हरियालीसंगै सप्तरंगी फूल फुलेर रमाइलो देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस