आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

मुगुमा २० लाख रकम सहित ठेकेदार बेपत्ता

  • रारा रैबार
  • २०७७ श्रावण १६, शुक्रबार मा प्रकाशित
  • ११३० पटक पढिएको
  • रारारैवार संवाददाता
    साउन १६ मुगु
    मुगु : हिमाल जिल्ला मुगुमा एक जना ठेकेदार २० लाख रकम सहित बेपत्ता भएका छन । मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका वडा नं २ मुगु गाउँका २८ वर्षीय ठेकेदार टासी तामाङ २० लाख रुपैयाँसहित ४ दिनदेखि बेपत्ता भएका हुन ।
    तामाङले गत मंगलबार पुलुस्थित राष्ट्रिय वाणिज्य बैंकबाट कोइकी पर्यटकीय पदमार्गको भुक्तानी लिएका थिए । बैंकबाट रकम लिएर गाउँ फर्कने क्रममा उनी बेपत्ता भएका छन ।

    बेपत्ताको खोजीका लागि पुलु प्रहरी चौकीको टोली परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद शाहले बताए ।
    उनका अनुसार साउन १३ गते राति उनी चितैकुनाको एक होटेलमा बास बसेका थिए । त्यही रात स्थानीयसँग उनको झगडा परेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    कोइकी पर्यटकीय पदमार्ग निर्माणको जिम्मा उनका दाजु उर्गिन तामाङले लिएका लिएका छन् । मजदुरलाई वितरण गर्न तामाङले बैंकबाट रकम भुक्तानी लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
    सदरमुकाम गमगढीबाट मुगुमकार्मारोङ गाउँपालिकाको केन्द्र पुलु पुग्न झन्डै एक दिनको पैदल दूरी छ । अविरल वर्षा जारी रहेकाले बेपत्ताको खोजीमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहाले बताए ।

    प्रतिक्रिया दिनुहोस