आज: २०८० चैत्र १५, बिहिबार
ePaper
होमपेज /  Breaking News

नेकपा कार्यकताद्धारा शिक्षकलाई अपहरण गरी कुटपिट

  • रारा रैबार
  • २०७७ श्रावण २०, मंगलबार मा प्रकाशित
  • ६२० पटक पढिएको
  • रारारैवार संवाददाता
    साउन २० मुगु
    मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा नेपाल कम्युनिष्ट पाटीका कार्यकताले एक शिक्षकलाई अपहरण गरी निर्घात कुटपिट गरेका छन । सोरु गाउँपालिका वडा नं ३ भिई गाउँ घर भई हाल कालिका आधारभुत विद्यालय लिबु्रमा कार्यरत ३४ बर्षिय शिक्षक बिस्णु राज धामिलाई नेकपाका कार्यकर्ताहरुले मणान्नसन्न हुने गरि कुटपिट गरीएका हुन ।

    तत्कालिन नेकपा माओवादीबाट संविधान सभामा मुगु जिल्लाबाट निर्वाचित पुर्व सांसद नवराज धामीका छोरा मनोज धामिको नेतृत्वमा सोमबार राति १ बजे घाईते धामीको घरमा आएका ७ जना नेकपा कार्यकर्ताहरुले अपहरण शैलीमा धामीलाई घरबाट पाँच सय मिटर टाढा रहेको काटीया खोलामा लगि निर्घात मरणसन्न हुने गरी कुटपिट गरेर घार्ईते बनाएको दाई डिल बहादुर धामीले बताए ।


    उनका अनुसार भाईलाई टाउको,पिठियु र तिर्घामा चोट लागेको छ । तत्काल उपचारका लागि गाउँमा सम्भव नभएको र सदरमुकाम गमगढी पुग्न २ दिन लाग्ने भएपछि उपचारका लागि जिल्ला प्रशासन कार्यालय मुगुको समन्वयमा हेलिकप्टरको व्यवस्था मिलाई मंगलबार घाईते भाईको माउन्टेन हलिकप्टबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगी उपचार भैरहेको छ ।
    घाईते धामि नेपाली काँगे्रसको शुभेच्छुक सस्था नेपाल शिक्षक संघमा आवद्ध रहेको र गाँउमा पुर्व सांसदकोे दवदवा रहेपनि काँगे्रस समर्थकहरुले सांसद लगायत उनका सन्तानको दवदवाको सधै विरोध गर्ने भएकाले सत्ता र पदको दुरुपयोग गदै नेकपाका कार्यकर्ताहरुले आफना भाईलाई राती सुती रहेको बेला अपहरण शैलीमा घरबाट टाढा लगी मार्ने उदेश्यले कुटपिट गरेको दाई डिल बहादुरले आरोप लगाए ।


    सोमबार दिउसो गाँउमा रहेको विद्यालयमा फुुटबल खेल खेल्दा झगडा गर्ने निउ खोजेका पुर्व सांसदका सन्तान तथा नातागोताहरुले राती बाटोमा कुरेर बसेपनि बाटोमा कोहि नआएपछि राती घर मै गएर घिसादै गाँउ नजिक कै लिएर कुटपिट गरेका थिए ।
    दिउसो फुटबल खेल्दा विवाद भएको र राती पुर्णिमा मेला लागेको ठाँउमा समेत विवाद भएपछि सुत्न गएका घाईते धामीको घरमा रात्ति १ बजे तिर सोहि गाँउका मनोज धामि सहितको ७ जना गई शिक्षक धामीलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र सोरुकोटबाट भिई गाँउमा गएको प्रहरी टोलीले कुटपिटमा संलग्नहरुको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए ।
    केहि दिन अघि मात्र नेकपा कै कार्यकर्ताहरुले रेडियो श्रीनगर एफएम मुगु सम्वाददात खेमराज बुमीलाई पनि कुटपिट गरेपछि घाईते दाई सहित पत्रकार खेमराज जिल्ला सदरमुकाममा जाहेरी गर्न आएका थिए ।

    दाई सदरमुकाम मै रहेको बेला भाईलाई कुटपिट गरिएकोले अगाडीको घटनालाई प्रभावित बनाउन भाईलाई कुटपिट गरिएको हुनसक्ने आकलन गरिएको छ ।
    घाईते बुमीका दाजुभाई स्थायी शिक्षक भएको र गाँउमा आउने विकास तथा अन्य कामकुराको सधै पारदर्षि हिसाव किताव खोज्ने भएकाले यिनीहरुलाई ठेगान लगाए गाँउमा आफनो र पाटी एकलौटी बचस्व हुने भएकाले ज्यान मार्ने ध्यले कुटपिट गरेको पिडित परिवारले बताएका छन ।
    शिक्षक संघको विज्ञप्ती
    यसै विच नेपाल शिक्षक संघ मुगुले मंगलबार एक प्रेस विज्ञप्ती निकाल्दै घटनाको निन्दा गरेको छ । शिक्षक संघ मुगुका अध्यक्ष जंग बहादुर शाही र सचिव विनोद कुमार मल्ल द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनीएको छ मुगु जिल्ला सोरु गाँउपालिका वडा नं ३ निबासी श्री कालिका आध।भुत विद्यालय लिवु्रका शिक्षक एवं नेपाल शिक्षक संघ मुगुका विशिष्ठ शिक्षक श्री विष्णुराज धामीलाई साउन १९ गते राती अन्दाजी १ बजे तिर धामीको घरबाट ५०० मिटर टाढा काटिया खोला भन्नने ठाँउमा लगी नेकपा(पुर्वमाओवादी)सर्मथकका कार्यकर्ताहरुले मणान्नसन्न अवस्था हुने गरि कुटपिट गरि मृत्यु भयो भन्दै छाडिएका र आज साउन २० गते घाईते शिक्षकलाई नेपाली काँगे्रस मुगु र अन्य सरोकारवाला विभिन्न निकायहरुको पहलमा हेलिकप्टरबाट उद्धार गरि प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भैरहेकोले स्वास्थ्य लाभको कामना गदै एउटा निर्दोष राष्टसेवक शिक्षक माथी ज्यान मार्ने गरि भएको कुटपिटको अपराध प्रति नेपाल शिक्षक संघ मुगुका ध्यानआक्रषण भएको छ ।

     

    कुटपिटमा संलग्न अमानविय कार्य गर्ने समुहलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा सजायको भागेदारी बनाई कारवार्हि गरियोस भनी सरकार तथा सम्वन्धित निकायसंग नेपाल शिक्षक संघ जोडदार माग गर्दछ ।

    कुटपिट बारे बुझन आरोपी मनोज धामी र उनका बुवा पुर्व संविधान सभा सदस्य नवराज धामीलाई सम्पर्क गर्न खोज्दा दुवैको मोवाईलमा सम्पर्क हुन सकेन ।

    प्रतिक्रिया दिनुहोस