आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

मुगुमा जिप दुर्घटना १जनाको मृत्यु,दश घाईते

  • रारा रैबार
  • २०७७ श्रावण २८, बुधबार मा प्रकाशित
  • ८८४ पटक पढिएको
  • रारारैवार संवाददाता
    साउन २८ मुगु
    मुगुमा जिप दुर्घटना १जनाको मृत्यु भएको छ भने दश जना घाईत भएका छन । बुधबार दिउसो ४ः२५ बजे जिल्ला सदरमुकाम गमगढीबाट सोरु गाँउपालिका स्थित तारापानीतर्फ जादै गरेको बोलेरो जिप छायाँनाथ रारा नगरपालिका ३ निगाले गाउँ नजिकै दुर्घटना हुदा गाडीमा सवार मध्ये १ जना यात्रुको मृत्यु भएको छ भने १० जना घाईते भएका छन ।
    क १ ज ३२ नम्बरको बलेरो जिप सडक बाट अन्दाजि १०० मिटर तल खसेको र गाडीमा रहेका चालक सहित १० जना घाईते भएका छन भने एक जनाको मृत्यू भएको छ ।

    मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका वडा नं १३ रुगागाँउका १८ वर्षिय धर्म लावडको घटना स्थलमै मृत्यु भएको र घाईतेमा जुम्ला सिंजागाँउपालिका घर भै हाल कोहलपुर सुतैयामा बस्दै आएका चालक खेमराज हमाल,सोरुगाउपालिका ८ रुमका सिद्ध रावल,विर्षना रावल,टेकराज रावल,वडा नं ५ नेरका सुरेश शाही,राजबहादुर शाही,वडा नं ९ कालैका रघु विटालु,भक्त लावड,वडा नं ३ कमलराजबुमी र वडा नं ७ ख्यालचका रुपलाल बुढा रहेको जिल्लाप्रहरी कार्यालय मुगुकाप्रहरी नायवउपरिक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

    घाईतेहरुको अहिले जिल्ला अस्पताल मुगुमाउपचार भैरहेको छ भने सोरु गाउपालिका वडा नं ५ कावर्ष ६२ का राजबहादुर शाही र वडा नं ७ रुपलाल बुढाको अवस्था गम्भिर भएकाले जिल्लाबाहिरका सुविधा सम्पन्न अस्पतालहरुमा उपचार गर्नकालागी रिफर गरिएको जिल्ला स्वास्थ्य सेवाकार्यालय मुगुकाप्रमुख डाक्टर निर्मल नगरकोटीले बताए ।

    प्रतिक्रिया दिनुहोस