आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

थप सजकता अपनाउन मुगुमा लकडाउन गरिदै

  • रारा रैबार
  • २०७७ श्रावण ३२, आईतबार मा प्रकाशित
  • ६५९ पटक पढिएको
  • रारा रैवार संवाददाता
    साउन ३२ मुगु
    हिमाली जिल्ला मुगुलाई भाद्र १ गतेबाट सेमि लकडाउन गरिने भएको छ । मुगु जिल्ला संग नजिकको सम्वन्ध रहेका छिमेकी जिल्लाहरुमा कोरोना संक्रमितको दर बढदै गएकाले मुगुबासीलाई कोरोना संक्रमणबाट बचाउन सरोकारवाला सहित जिल्ला संकट व्यवस्थापन समितिको बसेको बैठकले भाद्र १ गतेबाट जिल्लालाई सेमि लकडाउन गर्ने निर्णय गरेको हो ।

    जिल्लाको व्यापारिक तथा अन्य कारोवार हुने जिल्लाहरु जुम्ला,बाजुरा,नेपालगंज,सुर्खेत,बुटवल,काठमाडौ,विराटनगर,पोखरा जस्ता प्रमुख शहरहरुमा कोरोनाका संक्रमितहरु प्रतिदिन बढदै गएकाले गत साउन ६ गते मध्य रातीबाट सरकारले घोषणा गरेको लकडाउन अन्त्य गरेसंगै आजका मितीसम्म जिल्लामा बाहिर जिल्लाहरुबाट स्थानिय तथा अन्य व्यक्तिहरु भित्रिएकाले भित्रिने सबैले आरडिटी र पिसिआर परिक्षण गरि भित्रिए पनि कहि कतै बाट कोरोना भए समुदायसम्म नफैलियोस र समय मै संक्रमित पत्ता लागोस भन्ने उदेश्यले परिक्षणको दायरा बढाउदै आगामी भाद्र १ गतेबाट जिल्लालाई अघोषित सेमिलकडाउने गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला संकट व्यवस्थापन केन्द्रका अध्यक्ष कृष्ण कुमार निरौलाले बताए ।

    सेमिलकडाउनमा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द हुने बताईएको छ । आजका मितीसम्म जिल्लामा ५,६ जनामा मात्र कोरोना देखिएका छन,त्यसमा पनि प्राय सबै घर फर्किसक्नु भएको छ २ जना मात्र आईसुलेसनमा छन । जिल्लाबाट पठाएका सबै स्वाावहरुको रिर्पोट नेगटिभ आउने गरेपनि थप सजकता अपनाउन र समुदाय स्तरसम्म कोरोना कसैमा संक्रमण भएको भए नफैलियोस भनेर समय मै संक्रमित पत्ता लगाउने उदेश्यले भाद्र १ गतेबाट सेमि लकडाउने गर्ने निर्णय भएको बैठकमा सहभागी छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले बताए ।

     

    उनका अनुसार स्थानिय सरकारहरुले यो समयमा बाहिरबाट आउने लाई अनिवार्य क्वारेन्टाइनमा राख्ने,पुनः सेनिटाईजर,सावुन,मास्क स्थानियहरुलाई वितरण गर्ने,आवश्यक किड खरिद गर्ने,स्थानिय प्रशासनले निर्णयहरुको कार्यान्वयन गर्न सबै पक्षहरुलाई पृष्टपोषण गर्ने,सुरक्षा र आवागमनलाई कडाई पार्ने, जिल्ला स्वास्थ्य सेवा कार्यालयले परिक्षणको दायरा बढाउने निर्णय भएको छ ।

    बैठकले आजसम्मको मितीमा कोरोना रोकथाम,नियन्त्रण,राहत तथा उपचारमा सक्रिय भुमिका निर्वाह गर्ने स्थानिय सरकारहरु,सुरक्षा निकाय,स्वास्थ्यकर्मी,संचारकर्मि,गैर सरकारी संघ सस्था,नागरिक समाजहरुलाई धन्यवाद दिने र आगामी दिनमा पनि आफना गतीविधीहरु थप उर्जाशिल बनाई कोरोना नियन्त्रण,रोकथाम तथा उपचारमा सहयोग गर्न आग्रह गर्ने निर्णय समेत गरेको छ ।
    यस अघि स्थानिय सरकारहरुले जिल्ला बाहिर रहेका आफना स्थानियहरुलाई उद्धार गदै घर ल्याउनुका साथै क्वारेन्टाईन व्यवस्थापन,हेल्पडेक्स संचालन तथा स्थानियहरुलाई स्वास्थ्य सामगी्र वितरण प्रभावकारी बनाउदा अन्य जिल्लामा संक्रमितको दर बढदै गए पनि मुगु जिल्लामा शुन्य सरह रहेको छ ।

     

    सेमिलकडाउनमा स्थानियहरुलाई दैनिक उपभोग्य वस्तुहरुको अभाव नहोस भनेर होटेल,सैलुन बाहेकका अन्य पसलहरु विहान ६ देखि १० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म स्वास्थ्य सुरक्षाका उपाय अपनाएर खोल्न दिने,आन्तरिक यातायातमा पास लागु गर्ने,अन्तर जिल्ला सवारी पास तथा आवागमन बन्ध गर्ने,भाद्र महिनाको दोसो्र हप्तासम्म कोरोना परिक्षणको दायरालाई तिव्र बनाउने,रात्रीकालिन आवतजावत पुर्णरुपमा निषेध गर्ने,सभा,सम्मेलन,तालिम,गोष्ठी,जुलुस अर्को आदेश नभएसम्मका लागी निषेध गर्ने,असार मसान्तसम्म कोभिड १९ विरुद्धका कार्यमा भएका यथार्थ खर्च स्थानिय सरकार,विपत व्यवस्थापन समिती सरकारी तथा गैर सरकारी संघ सस्थहरुले सार्वजनिक गर्ने,जिल्लामा भए गरेका गतीविधी तथा खर्च समेटेर बार्षिक प्रतिवेशन प्रकाशित गरि सार्वजनिक गर्ने,चिकित्सक नभएका स्थानिय तहहरुमा चिकित्सक पठाउन पहल गर्ने पनि निर्णय भएका छन ।

     

    जिल्ला अस्पतालमा १ हजार किड,खत्याड गाँउपालिकामा ७ सय किड,मुगुम कार्मारोङ्ग र सोरुमा समेत केहि किड भएकाले तत्काल तिनै किडबाट स्वाव संकलन गर्ने र थप चाहिने किड स्थानिय सरकार,कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,प्रदेश सरकार र संघिय सरकार संग माग गरि स्वाव संकलनलाई तिव्र बनाई परिक्षणको दायरा बढाउने यसरी परिक्षण गर्दा आउने रिजल्टले नै सेमि लकडाउने हटाउने वा झनै कडा गर्ने भन्ने बारे निर्णय गराउने प्रजिअ निरौलाले बताए ।

     

    जिल्ला प्रशासन कार्यालयलाई कोभिड १९ सम्वन्धि स्थानिय तहरुबाट प्राप्त विवरण समेटेर प्रशासन मुगुले प्रकाशित गरेको रिपोट अनुसार शनिबार दिउसो २ बजेसम्म जिल्लामा १७४३ जनाको स्वाव संकलन गरि पिसिआर परिक्षण गर्दा २ जनाको रिपोट पोजेटिभ आएको र ९५० जनाको आरडिटी परिक्षण गर्दा ४ जनाको रिर्पोट पोजेटिभ आएको देखाएको छ ।
    यसै विच आईतबार विहान सदरमुकाम गमगढीमा जिल्ला प्रहरी कार्यालयले शनिबारको निर्णय कार्यान्वयन गराउन र जनस्तरसम्म जानकारी होस भन्ने उदेश्यले खै मास्क भन्ने व्यानर सहितको ¥याली निकालेको छ ।

    प्रतिक्रिया दिनुहोस