आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

मुगुका सुरक्षाकर्मी र संचारकर्मीलाई समाजसेवी कार्कीको सहयोग

  • रारा रैबार
  • २०७७ भाद्र ११, बिहिबार मा प्रकाशित
  • ५८६ पटक पढिएको
  • रारारैवार संवाददाता
    भाद्र ११मुगु
    कोरोना भाईस रोकथाम तथा नियन्त्रणका लागी अग्र स्थानमा खटिने सुरक्षाकर्मि र संचारकर्मिहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
    कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा अग्रपंन्थिमा खटिएका जिल्लाका क्रियाशिल संचारकर्मि तथा नेपाल प्रहरीलाई मानअधिकार तथा बातबरण बिकास केन्द्र हेरिन्डेक नेपालका अध्यक्ष राजु कार्कीको पहलमा मनधरी फाउन्डेसन नेपालले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
    कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा दिन रात खटिरहने नेपाल प्रहरी तथा यो महामारीको प्रबाह नगरी समाचार संकलन गर्न हिड्ने जिल्लामा रहेका क्रियाशिल संचारकर्मिलाई प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाको रोहबरमा हिरेन्डेक नेपालका मेनेजर नब रावतले जिल्ला प्रहरी कार्यालयका प्रनाउ भुवनेश्वर प्रसाद साह र नेपाल पत्रकार महाँसघका अध्यक्ष नृपेन्द्र बहादुर मल्ललाई बुधबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको थियो ।


    यो महामारी रोकथामका लागी आफनो ज्यानको प्रबाह नगरी डयुटीमा खटिने सुरक्षाकर्मि र जिल्ला स्थित संचारकर्मिलाई यो महामारीमा काम गर्न उर्जा थपियोस भन्ने उदेश्यले हिरिन्डेक नेपालका अध्यक्ष राजु कार्कीको पहल तथा मनधरी फाउन्डेसन नेपालको आर्थिक सहयोगमा खरिद गरी पठाएकोे स्वास्थ्य सामग्रीहरु मध्य नेपाल प्रहरीलाई २८ थान पिपिई २८ फेसियल सेट ९ सय पिस सर्जिकल मास्क १ सय १२ पिस साबुन र ९ थान फस्टेड सेट र जिल्ला स्थित १७ जना क्रियाशिल संचार कर्मिलाई एक एक थान फस्टेड बक्स आफनो रोहबरमा हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले जानकारी दिएका हुन ।

    दुर्गम क्षेत्रमा चाहे जती स्वास्थ्य सामगी्रहरु पाईदैन आफुसंग भएको सिमित सामगी्रको प्रयोग गरेर जनतालाई सुरक्षा दिनु पर्ने अवस्थामा रहेका सुरक्षाकर्मीहरुलाई समाजसेवी राजु कार्कीको पहलमा मनघरी फाउण्डेसनले उपलब्ध गराएका स्वास्थ्य सामगी्रहरुले प्रहरीहरुको मनोबल बढेको र सेवामा थप जिम्मेवार बन्न प्रेरित गरेको प्रनाउ साहले बताउनु भयो भने पत्रकार महासंघका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले यो महामारीमा आफनो साथै घरपरिवारको वास्ता नगरी समाचार संकलनका लागी फिल्डमा खटिरहने पत्रकारहरुका लागी मनघरी फाउण्डेसले उपलब्ध गराएको फस्टेड बक्समा रहेका सामगी्रहरुले पत्रकारहरुलाई फिल्डमा खटेका बेला हुनसक्ने सम्भावित दुरर्घटना र जोखिमबाट बच्न सहयोग पुग्नुका साथै काममा झन जिम्मेवार बनाउने विश्वास गर्नु भयो ।
    वरिष्ठ फोटो पत्रकार भरतबन्धु थापा अध्यक्ष रहनु भएको मनधरी फाउण्डेसनले देशका विभिन्न ठाँउहरुमा विभिन्न विपत र समस्यामा परेका दुर्गमका नागरिक,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र संचारकर्मी,विद्यालय र विद्यार्थीहरुलाइ आवश्यक सहयोग गदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस