आज: २०७९ जेष्ठ १३, शुक्रबार
ePaper
होमपेज /  Breaking News

विविधताभित्रको देवत्व,देवत्व संस्कृतिभित्रको एकत्व

  • रारा रैबार
  • २०७७ भाद्र १७, बुधबार मा प्रकाशित
  • १६३२ पटक पढिएको
  • रारारैवार संवाददाता
    भाद्र १७ मुगु
    पृथ्वीको उत्पतिकालदेखि पृथ्वीमविभिन्नउत्तार चडावहरु आए केहि प्रजातिविश्व समुदायबाट सदाकालागिलोप भए । केहि प्राणीहरु अहिले सम्मपनि पृथ्वीमाआफ्नो अस्तित्व रक्षाकालागिनिरन्तर संघर्षमा छन् भनेमानिस पृथ्वीभित्रको कान्छो प्राणीको रुपमाउदयभयो ।जसले विकास र विनाशलाई संगसंगै लगेको छ । आज स्वयम् प्रकृतिनै मानिसको क्रियाकलाप देखेर आश्चार्य चकितभएको छ । मानिसकागतिविधि देखेर नै होला, अरु प्राणीमा देवत्वको नियन्त्रण नभएर मानिसमा नै यो हुनुको पछाडी मानिस अरु प्राणी भन्दाविवेकशिल र विवेकहीनदुवै गुण भएर पनिहो ।

    आजप्रकृतिमाथिजुनकिसिमको हमला मानवबाट भएको छ, त्यो अरु प्राणीवाटभएको नभई मानवबाट भएको देखिन्छ । त्यसैले देवत्वको प्रत्यक्षनिग्रानीमानव र मानव समुदायमा छ । म हिजो मात्रहाम्रो गाउँको देवतापुजामा राराको दोफेश्वर महाँदेवकोमन्दिरमाआममनुवार संग जाने अवसर मिल्यो, त्यो क्षण मेरा लागिअत्यन्तअविस्मरणीय एवम् लाभकर बन्यो, किनकी म एक राजनीतिज्ञ थिए, जसले गर्दा देवत्व संकृतिभित्रको विज्ञान, पद्धती, असल संस्कृती र विकृतीको शुक्ष्मअध्ययनगर्ने मौकामिल्यो । जब मनुवाशरिरमा देवत्वको प्रवेश हुन्छ, तवमानिस काप्न थाल्दछ र असलमानवत्वगुमायर देवत्व ग्रहण गर्दो रहेछ । देवताभित्रको नियमअनुशासन, देवत्वको पद्धतीको अनुसरण गर्दछ र त्यहीनियममावाँधिन पुग्दछ ।

    अच्चम्मको कुरा त के भने देवत्वको फलामे अनुशासनमाजो काहीमुर्ख मनुवाभित्रआएको देवत्वले अनुशासनको पालनागर्नै पर्ने हुदो रहेछ । अन्यथात्यो कार्वाहीको भागिबन्नु पर्ने अनिवार्य सर्त रहेछ, यो नै देवत्व संस्कृतीको असल पाटो हो रहेछ । यो कुरा नेपालका राजनीतिकदल र राजनीतिज्ञले बुझ्न जरुरी छ । आज नेपालको राजनीतिअनुशासन र वैज्ञानिक पद्धतिको अभाव छ, जुन कुरा नेपाली राजनीतिलाई देवत्व संस्कृतीले सिकाई रहेको रहेछ भन्ने आभाष मैले हिजो मात्रै पाएँ । इतिहाँस हेर्दा राजनीतिभन्दा समाज र राष्ट्रलाई चलाउने जेठो पद्धति नै देवत्व संस्कृती नै हो रहेछ भन्ने निश्कर्षमापुगे । किनकिप्राचीनकालमा राजनीतिथियो तर सुषुप्तअवस्थामाथियो भने समाज संचालन रेखदेख देखि सुरक्षाव्यवस्थाको ग्यारेन्टी नै देवत्व संस्कृतीले लिएको मैले पाएँ । मानव चेतनाको स्तर वृद्धि हुदै गयो अनि समाजमानायक, मुखिया, जिम्मुवाल, बैदार, बडाहाकिम, पञ्च जस्ता विभिन्न राजनीतिकपदहरुको निर्माण भयो । तिनी पद लिएकामानिसहरुले नै समाज संचालनगर्ने परिपाटिको विकास भयो । समाजविकासको विभिन्नकाल खण्डमा तीव्यक्तिहरु निरङ्कुस सावितहुनपुगे, विस्तारै समाज र राज्य संचालनकानिम्तीव्यक्तिचयनगर्ने परिपाटिको विकास हुनपुग्यो जसलाई आजप्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको उपमादिई रहेका छौ । जुनतन्त्रहोस तितन्त्रहरुको समयको काल खण्डसंगै परिवर्तन भएर गए तर देवत्व संस्कृतीउत्पतिकाल देखि न हिजो परिवर्तन भयो न आजचाहेर हुन्छ न भालिनै परिवर्तन गर्न सकिन्छ यो त अनवरत आफ्नै गतिमाचलिरहेको छ र चल्ने नै छ । देवत्व संस्कृतीकति वैज्ञानिक छ यसको वारेमा टाडा रहेर होइन नजिकवाट विश्लेषण गर्नु पर्ने रहेछ ।

    हिजो मात्र सत्यमोहनजोसिको अन्तरवार्ता सुने उहाँले भन्नुभएको थियो, संस्कृती, प्रकृती र समृद्धिको खानि कर्णालीबाहेक विश्वको अरु कुनै भुभागमा छैन भनेर ठोकुवागर्नु भयो, त्यसमा म विश्वस्तभएँ । त्यसबाट मैले सत्यमोहनजोसीले भने जस्तै हिजोको देवत्व संस्कृतीको प्रत्यक्षअवलोकनबाट हाम्रो कर्णालीको वास्तविकताबुझ्न सके, जहाँशिवपार्वतीको वास स्थान कर्णाली रहेछ । विश्वको चार धामहरु मध्ये महत्वपुर्ण धाममुगु जिल्लाको छायाँनाथ धाम कर्णालीमा नै हुनु, खेस्मामालिका, त्रिपुरा सुन्दरी, चन्दनाथमन्दिर, थार्प मस्टो, रुम विजई, भीई गुरा जस्ता महत्वपुण देवताहरु यहि पुण्य भुमिमाहुनुले यो कर्णालीप्रदेश एक देवत्व संस्कृतीको अनुपमउदाहरण हो जो विश्वमा नै छैनन् । जव म बजेडी त्रिवेणीमा देवता संगै घुलमिल हुने मौकापाएँत्याहाँचार वटा गाउँका देवताको भेटघाट भयो, उनीहरुको आफ्नै नियम र पद्धती हुदो रहेछ । देवताको देवतामहाँदेव त्यो ठाउँमा नपुगि अरु देवताहरु टसको मस चल्ननपाउने नियमहुदो रहेछ । महाँदेव नपुगुञ्जेल त्यो त्रिवेणीमा अन्य देवताहरुले पर्खिनु पर्ने हुदो रहेछ । त्यहाँमामाभान्जा, वावु छोरा, दाईभाई बहिनी जस्ता अन्यनातागोताका देवताहरु हुदा रहेछन् । साइनो अनुसार आदार सम्मानगर्नु पर्ने चलनउनीहरुमाहुदो रहेछ । कसैले नियमतोड्यो भने त्यो देवताले ठाउँको ठाउँ सजायभोक्नु पर्ने कठोर नियमहुदो रहेछ । सिनियारिटीलाई कदर गर्नै पर्ने, कदर गरेन भने त्यो पनि सजाएको भागिदार बन्नु पर्ने उनीहरुको नियमहुदो रहेछ । देवताको रुपहरु पनिविभिन्नप्रकृतीका रहेछन् जसमाभुत प्रेत (सान् भान्, मुइया पृत) अलि बढी देखिने रहेछन् । नामचलेका देवता स्थापित भैसकेकाहुनाले उनीहरु आफ्नो नाचगानमा रमाउने दुखपिरमा परेका मान्छेहरुलाई सम्झाउने बुझाउने भुतभविश्य हेर्ने गर्दा रहेछन् तीनिहरुमा समस्याहुदो रहेनछ, मरेको मानिस देवत्व र भुतमा प्रकट भएको हुदो रहेछ भने, त्यसमा समस्या पैंदाहुदो रहेछ । जव सम्मउसको इच्छा पुरा हुदैन मुल देवताले उसको पहिचानचिन्न सक्दैन तवसम्माउनीहरु निरन्तर कापी रहने र देवत्व संस्कृतीमा समस्या पैदा गरिरहने रहेछन् ।

    देवत्व संस्कृतीभित्रपनिविभिन्न फाँटहरु हुने रहेछन्, मष्टो संग सम्बन्धितनयाँअवतार रहेछ भने मष्टोले समाधानगर्ने, गुरासंग छ भने गुराले समाधानगर्नु पर्ने, विजई संग छ भने विजईले समाधानगर्नु पर्ने, भवानी संग छ भने भवानीले गर्नु पर्ने, विष्ट देवतासंग छ भने विष्ट देवताले नै समाधानगर्नु पर्ने यसरी जो जस संग सम्बन्ध छ त्यसले नै गर्नु पर्ने कति राम्रो व्यवस्था रहेछ ।जसले गर्दा मुल देवतालई कम असर परोस ! सकिदै नसकिने कुरा मात्रै मुल देवतामहाँदेवकोमा पठाउने व्यवस्था रहेछ । सबभन्दा महत्वपुर्ण कुरा त के भने समाजमा रहेको विविधता जस्तो राजनीतिक, सामाजिक, सांस्कृतिक र व्यक्तिगतविविधतात्यो समयमा पुर्ण एकतामा परिणत भएको क्षेण देख्दाभने आनन्दआउदो रहेछ । त्यतिवेलाकुनै पाटीको गन्धभने देख्न पाइदैन । सम्पुर्ण मानिसको ध्यान देवताको पुजाआजाबाहेक अरु केहि पनि देखिदो रहेनछ यसमा नै “मानवविविधताभित्रको देवत्व, देवत्व संस्कृतीभित्रको एकत्व” देख्न सकिन्छ । यसवाट के प्रस्ट हुन्छ भने विश्व राजनीतिक संस्कारको विकास पृथकनभई देवत्व संस्कृतिको अनुसरण मात्रभएको मैले पाएकोछु । जय संस्कृती ! जय देश !!लेखक डम्बर बहादुर रावल रारा बहुमुखी क्याम्पसका पुर्वक्याम्पस प्रमुख र हाल ५ नं वडाका वडा अध्यक्ष, हुन ।

    प्रतिक्रिया दिनुहोस