आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

कोराना संक्रमितले गरे आईसोलेसका लागी ५० हजार सहयोग

  • रारा रैबार
  • २०७७ भाद्र २४, बुधबार मा प्रकाशित
  • ५१५ पटक पढिएको
  • रारारैवार संवाददाता
    भाद्र २४ मुगु
    छायाँनाथ रारा नगरपालिका भित्रका पहिलो कोराना संक्रमित एक जना लेखा अधिकृतले आईसोलेसन ब्याबस्थापानका लागी ५० हजार सहयोग गरेका छन । गहेको ८ गते कोरोना पोजेटिभ देखिएका जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुमा कार्यरत लेखा अधिकृत सुरेश कुमार केसीले आसुलेसन व्यवस्थापनका लागी ५० हजार सहयोग गर्नु भएको हो ।

    लेखा अधिकृतले आफनो दोस्रो परिक्षणमा नेगटिभ रिपोट आएमा आईसुलेसन व्यवस्थापनका लागी ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरे अनुसार १३ गतेको दोस्रो रिपोर्टमा नेगटिभ रिर्पोट आएको थियो ।

    कोरोना संक्रमण देखिएको ५ दिन मै कोरोनालाई जितेका केसीले बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलालाई आफुले घोषणा गरे बमोजिमको रकम जिल्लामा कृयाशिल पत्रकारहरुको उपस्थितीमा हस्तान्तरण गर्नु भएको थियो ।

    हस्तान्तरण कार्यक्रममा बोल्दै लेखाअधिकृत केसीले आफु ५ दिन आईसुलेसनमा बस्दा आफनै कार्यालयका चिकित्सक देखि अन्य कर्मचारीहरुले अपहेलना गर्ने जस्ता व्यवहार गरेको र आईसुलसनमा रहेका संक्रमितहरु रोगले भन्दा बाहिरका व्यक्ति तथा आफन्तहरुले गर्ने व्यवहारबाट पिडित भै मनोबल बढाउन नसकि मृत्युको मुखमा जाने गरेको अनुभव सुनाउनु भयो ।आसुलेसनमा रहदा स्वास्थ्यका तल्लो तहका कर्मचारीहरु उपचार तथा अन्य कार्यमा खटिने भएपनि जोखिम भत्ता चिकित्सकले मात्र पाउने गरेकोले यो कार्यका खटिने सबैलाई जोखिम भत्ता दिनु पर्ने पनि लेखा अधिकृत केसीले बताए ।

    कोरोना संक्रमण रहेकै बेला लेखापालले सामाजिक संजालमा आफै आफनो नाम सार्वजनिक गदै आइसुलेसन व्यवस्थापनका लागी ५० हजार दिने घोषणा गर्नुले कोरोना केहि होईन,आत्मबल भएमा कोरोनालाई सजिलै जित्न सकिन्छ त्यसैले संक्रमितलाई स्वास्थ्यकर्मी,घरपरिवार र आफन्तहरुले मनोबल बढाउने खालका कुराकानी,कृयाकलाप गर्नु पर्ने भन्ने सन्देश दिएको प्रजिअ कृष्ण कुमार निरौलाले बताए ।

    केसीले गरेको सहयोग र संक्रमित हुदा देखाएको आत्मबलको उपस्थित प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साह र पत्रकार महासंघका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले प्रशंसा गर्नुका साथै भावी दिनमा हुनसक्ने संक्रमित र अन्यलाई प्रेरणाको स्रोत भएको बताउनु भएको थियो ।
    मुगु जिल्लामा उनी सहित ४ जनालाई कोरोना संक्रमण देखिएकोमा सबैले कोरोनालाई जितेर घर फर्किसक्नु भएको छ ।जिल्लाबाट पछिल्लो समयमा गरिदै आएका सबै स्वाव परिक्षणमा नेगटिप रिर्पोट मात्र आउन थालेपछि स्वास्थ्य तथा जनासख्या मन्त्रालउले मुग जिल्लाुलाई कोरोना संक्रमित शुन्य जिल्ला भनेर आफनो रेकर्डमा राखेको छ ।

    प्रतिक्रिया दिनुहोस