आज: २०७९ माघ १४, शनिबार
ePaper
होमपेज /  Breaking News

सुरक्षित खानेपानिको पहुँच पु¥याउन युनिसेफको जोड

  • रारा रैबार
  • २०७७ आश्विन १३, मंगलबार मा प्रकाशित
  • ७६७ पटक पढिएको
  • रारा रैवार संवाददाता
    असोज १३ मुगु
    विगत लामो समयदेखि सरसफाई स्वच्छता र खानेपानि लगायतका क्षेत्रमा काम गदै आएको युनिसेफ नेपालले बिद्यालय र समुदाय स्तरमा सुरक्षित खानेपानिको पहुँचम पु¥याउन जोड गरेको छ ।

    अपाङ्गता समावेशि खानेपानि सरसफाई तथा स्वच्छता सुरक्षित खानेपानी समुदाय अन्तरगत समुदाय स्तरमा र बिद्यालय स्तरमा सुरक्षित खानेपानिको पहुँच पु¥याउन जोड गरेको हो । युनिसेफको आर्थिक सहयोग छायाँ नेपालको समन्वय तथा हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र (हिरिष्डेक मुगुले छायाँनाथ रारा नगरपालिका भित्रका बिद्यालय र समुदायमा सुरक्षित युक्त खानेपनिको पहुचँ पु¥याउन योजनावद्ध तरिकाले अबका दिनमा काम गर्ने जनाईएको छ ।

    आईतबार जिल्लाका सरोकारवाला निकाय संग कार्यक्रमका बारेमा जानकारी गराउनुका साथै छायाँनाथ रारा नगरपालिका भित्रका २५ बिद्यालय र ९६ समुदायलाई सुरक्षित युक्त खानेपानिको पहुँच पु¥याउन कसरी काम गर्दा उपयुक्त हुन्छ भन्ने बिषयमा सरोकारवाला निकाय ,जनप्रतिनिधि संग छलफल गरिएको हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र (हिरिष्डेक मुगुका कार्यकारी निर्देशन मिन रावलले जानकारी दिए ।

    उनका अनुसार समुदाय स्तर र बिद्यालय स्तरमा सुरक्षित खानेपानिको पहुचँ बढाउन बिभिन्न सचेतनाका क्रियाकलाप गरिनुका साथै क्षमता अभिवृद्धिका कार्यक्रम पनि गरिने छन ।  बिद्यालय र समुदाय स्तरमा सुरक्षित युक्त खानेपानिको पहुचँ अपाङ्गमैत्री मैत्री हुनेछन ।

    प्रतिक्रिया दिनुहोस