आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

मुगुमा एक हप्तामा चार जनाको शल्यकिया

  • रारा रैबार
  • २०७७ आश्विन २०, मंगलबार मा प्रकाशित
  • ९४८ पटक पढिएको
  • रारारैवार संवाददाता
    असोज २० मुगु
    जिल्ला अस्पताल मुगुमा बिशेषज्ञ सेवा सुचारु भएको एक हप्तामा चार जनाको शल्यकिया गरिएको छ । मुगुमा बिशेषज्ञ सेवा सुचारु नहुदाँ सामन्य बिरामि हुदा लाखौ रकम खर्च गरेर जिल्ला बाहिर जानुु पर्ने बाध्यता थियो । एक हप्ता देखि जिल्ला अस्पताल मुगुमा बिशेषज्ञ सेवा सुचारु भए संगै मुगुमै जटिल रोगको शल्यकिया सुचारु भएपछी मुगुका गरिब विपन्न परिवार, लामो समयदेखि रोग पाल्दै आएकाहरुलाई राहत महसुश भएको छ ।
    एक हप्तामा बिभिन्न रोगका चार जनाको शल्यकिया गरिएको जिल्ला अस्पताल मुगुले जनाएको छ । सोमबार सम्म आन्दाको प्वाल परेका छायाँनाथ रारा नगरपालिकाका ४५ बर्षिय सुरेन्द बुढाको आन्दाको अप्रेशन , छायाँनाथ रारा नगरपालिका ३ निगाले गाउँकी जलदेवि बुढाको फिस्टुलाको अप्रेशन,छायाँनाथ रारा नगरपालिका ४ भामवाडाका सन्दीप रावलको हात प्याक्चरको अप्रेशन र मुगुमकामारोगं गाउँपालिका ७ का छोर्देन लामाको लामो समयदेखि हातको ईन्फेक्सभएको हातको अप्रेशन गरिएको एम जि डि पि डाक्टर सिद्धार्थ धोज खातीले बताए ।
    उनका अनुसार अन्य जटिल रोग आन्द्रा प्वाल परेका ,फेस्टुला, हाइड्रोसिल, हर्नियाँ, एपेन्डिसाइटिस, सिएसजस्ता जटिल शल्यक्रिया र सामन्य शल्यक्रिय सेवा सुचारु भएको र निरन्तर सेवा उपलब्ध हुने पनी डा खातीको भनाई छ ।

    सास्तीबाट मुगुबासी मुक्त
    मुगुका स्थानीय सामान्य शल्यक्रिया गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तथा अन्य सुविधा सम्पन्न अस्पतालमा जानुपर्ने बाध्यताबाट मुगुवासीले मुक्ति पाएका छन् । जिल्ला अस्पतालमा विगत लामो समयदेखि विशषेज्ञ चिकित्सक नहुँदा मुगुवासीलाई समस्या हुने गरेको थियो ।
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुगु जिल्ला अस्पतालबाट पनी विशेषज्ञ सेवा सुचारु गरेपछि मुगुबासीले बाहिर जिल्ला जानुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विशेषज्ञ सेवाका लागि मुगु जिल्ला अस्पतालमा एमडिजिपी डा. सिद्धार्थ धोज खातीलाई पठाएपछि जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवा जिल्लामा उपलब्ध भएको जिल्ला अस्पातल ब्यबस्थापन समितिका अध्यक्ष पारसमण्ी मल्ले बताए ।उनका अनुसार बिशेषज्ञ सेवा सुचारु भएसंगै बिभिन्न रोगको समस्या झेल्दै आएका मुगुबासीले मुगुमै उपचार सेवा पाएपछि खुसी भएका छन ।

    दुर्गमका स्थानीयले लडेर अंगभंग हुँदा समयमै उपचार नपाएर अपाङ्ग शरीरसहित बाँच्न बाध्य थिए। हुने खानेले समयमै सुविधा सम्पन्न स्वास्थ्य संस्थामा उपचार गर्ने गरेका छन्। तर यहाँका अधिकांश जनता गरिब भएका कारण हाडजोर्नी लगायत अन्य रोग लाग्दा गाउँमै पुरानो प्रविधि र जडीबुटीबाट उपचार गर्ने गरेका छन्। जिल्ला अस्पताल मुगुमा बिशषेज्ञ सेवा सुचारु भएपछि वर्षौंदेखि रोग पाल्दै आएकाहरुलाई राहत महसुस भएको छ । पछील्लो समय बिशेषज्ञ डाक्टर आएको जानकारी पाएसिंगै बिरामी चेनजाँचको लागी जिल्ला अस्पतालमा आउने र स्वास्थ्य चेकजाँच गराइ उपचार र सल्लाह लिने आईरोनै छ ।


    डा खाती भगवान
    डा. सिद्धार्थ धोज खातीले जिल्ला अस्पताल मुगुमा आई सेवा सुचारु गरेसंगै मुगालीहरुले भगवानको रुप लिएर डा. खाती मुगु आएको अनुभूति गरेका छन्। ‘कोरोना फैलिएको बेला कोहीलाई कतै जान दिँदैनन् पैसा नभएर उपचार गर्न सकेका थिएनौं। लामो समयदेखि हातको ईन्फेक्सन पिडाले चिन्ता लागेको थियो,छोर्देन लामाले भने मुगुमा बिशेषज्ञ सेवा सुचारु भएको सूचना सुनेर आउँदा हातको अप्रेसन भयो। कल्पना नगरेको उपचार भयो खुसी छु । यहिले जिल्ला अस्पताल मुगुमा ८ जना डाक्टरले सेवा दिईरहेका छन । बिहानैबाट डा. खाती लगायत अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी बिभिन्नरोगको जेकजाँच गर्न आएका स्थानीयको उपचारमा तल्लिन रहेका जिल्ला अस्पातल स्रोतले जनाएको छ ।

    यस्ता सेवा निरन्तर 

    अब जिल्ला अस्पतालमुगुमा आन्द्रा प्वाल परेका ,फेस्टुला, हाइड्रोसिल, हर्नियाँ, एपेन्डिसाइटिस, सिएसजस्ता जटिल शल्यक्रिया र सामन्य शल्यक्रिय सेवा निरन्तर उपलब्ध हुने जिल्ला अस्पताल मुगुले जनाएको छ ।
    जिल्लामा विशेषज्ञ चिकित्सक नहुँदा यी सेवा लिन महंगो खर्चमा जिल्ला बाहिर जुम्ला, सुर्खेत, नेपालजंग, काठमाडौं लगायत भारतको लखनउमा मुगालीहरु जाने गर्दै आएका थिए । जिल्ला अस्पताल मुगुको पहलमा कर्णाली प्रदेश सरकारको समन्वय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलब्धतामा मुगु अस्पतालमा एमडिजिपी डाक्टरको ब्याबस्था गरी सेवा सुचारु गरेको जिल्ला अस्पताल मुगुका ब्यबस्थापन समितका अध्यक्ष पारसमण्ी मल्लले बताए ।
    अन्य आवश्यक उपकरणका र विशेषज्ञ सेवा अन्य सेवाका लागि र विशेषज्ञ चिकित्सकहरु जिल्लामा पठाई दिन प्रदेश सरकारसँग माग गर्दै आएका अध्यक्ष मल्ल्को भनाई छ ।

     

     

    प्रतिक्रिया दिनुहोस