आज: २०७९ माघ १४, शनिबार
ePaper
होमपेज /  Breaking News

लाभग्राहीको सहजताका लागी बैक खाता खोल्न शिविर

  • रारा रैबार
  • २०७७ आश्विन २३, शुक्रबार मा प्रकाशित
  • ६७८ पटक पढिएको
  • रारा रैवार संवाददाता
    असोज २३ मुगु
    छायाँनाथ रारा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बैक खाता खोल्न वडा स्तरमा शिविर सञ्चालन गरेको छ । घर घरमा गहेर दिदै आएको सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया बैकिङ्ग प्रणाली मार्फत वितरण गर्न

    नेपाल सरकारले निर्देशन गरे अनुसार छायाँनाथ रारा नगरपालिकाले पनि बैकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियाको लागि वडा स्तरमा बैक खाता खोल्न शिविर गरेको हो ।
    मंगलबार छायाँनाथ रारा नगरपालिका वडा नं ५ बाट शिविर शुरु गरेको नगरपालिकाले नगरपालिका भित्रका १४ वटै वडा मा शिविर सञ्चालन गर्ने जनाएको छ ।

    सामाजिक सुरक्षा भत्ता अब देखि जिल्लामा रहेका चार वटा बैंक राष्ट्रीय बाणीज्य बैंक, गोलबल बैंक,कृषि बिकास र सिटिजन बैक मार्फत प्रदान गरीने भएको छ ।  उक्त कार्यक्रमको लागि वडा स्तरमा बैक शिविर सञ्चान गरिएको स्थानीय पंञ्जिकाधिकारी शाखाका प्रमुख जिल्ला सिहं सावतले बताए ।

    उनका अनुसार सामाजिक सुरक्षा भत्ता वितरण सरकारको निर्देशन अनुसार बैक मार्फत वितिरण गर्ने योजना अनुसारनै यस नगरपालिकाले पनि बैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय अनुसार यहिले वडा स्तरमा लाभग्राहीलाई सहजका लागि खाता खोल्ने शिविर सञ्चालन गरेका प्रमुख शाहीको भनाई छ ।

    छायाँनाथ रारा नगरपालिका भित्र बाल,पोषण, बृद्ध,अपाङ्गता लगायतका सामाजिक सुरक्षा भत्ता पाउदै आएका लाभ्रगाही ६ हजार १ सय ७३ जना रहेका छन । सबैको खाता खोल्ने काम भएकाले कार्तिक मसान्त सम्म लाभग्राहीले आव २०७७।७८ को पहिलो चौमासिक कार्तिक मसान्त सम्म भत्ता पाउने छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

    सामाजिक भत्ता राष्ट्रीय बाणीज्य बैंक बाट वडा नं १,१०,११, सिटिजन बैंक बाट वडा न. ३,४,६ ७,८ १२, गोलबोल बैंक बाट वडा न ५,९,१३,१४ र कृषि बिकास बैक बाट वडा नं २ का लाभग्राहीले खाता खोलि सेवा पाउने भएका छन ।

    प्रतिक्रिया दिनुहोस