आज: २०८० चैत्र १५, बिहिबार
ePaper
होमपेज /  Breaking News

किशोरी दिवसको अबसरमा रारामा कचहरी

  • रारा रैबार
  • २०७७ आश्विन २५, आईतबार मा प्रकाशित
  • १३१७ पटक पढिएको
  • हरिलाल नेपाली
    असोज २५ मुगु
    छायाँनाथ रारा नगरपालिका वडा नं ९ मुर्माकि १४ बर्षिय सपना रोकायालाई आज अन्तराष्टि किशोरी दिबसको हो भन्ने थाहा थियन । उनि बिहानै आलु स्याहान खेतबारीमा काम गदै थिईन । त्यस्तै सोहि वडा कि धनदेवि रोकायालाईपनि अन्तराष्टि किशोरी दिबस के हो पत्तो भएन । उनिहरु सधै खेतबारी जाने काम गर्ने बाहेयक अन्य बिषयका बारेमा जानकारी लिदैनन र थाहापनि पाउदैनन । यस्तै अनविज्ञ मुगुका सबै किशोरी छन ।
    उनिहरु पतिनिधि पात्रमात्रै हुन । मुगुमा अन्तराष्टि किशोरी दिबस के हो भन्ने कसैलाई थाहा हुदैन थाहा पाएकाले पनि खासै चासो दिदैन । तर आईतबार जिल्लामा सञ्चालित एक गैर सरकारि संस्था कर्णाली ग्रामिण उत्थान तथा समाज बिकास केन्द्र (सिडिएस पार्क ) ले अन्तराष्टि किशोरी दिबसका अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरी अन्तराष्टि किशोरी दिबस मनाएको छ ।
    दिवसका अवसरमा कचहरी कार्यक्रम गरी दिबस मुगुमा मनाउन सन्देश दिनु पर्छ भन्ने उदेश्यका साथ कचहरी कार्यक्रमको आयोजना गरि अन्तराष्टि किशोरी दिबस राराको मुर्माटपमा मनाईएको हो ।
    दिबसको अबसरमा नेपालको सबैभन्दा ठुलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारालातको मुर्माटपमा अन्तराष्टि किशोरी दिबसको अवसरमा यौन तथा प्रजन्न अधिकारका बिषयमा कचहरी गरीएको छ ।
    अन्तराष्टि किशोरी दिबस बिश्वभरी मनाईने भएको भएपनि मुगुमा कसैलाई थाहा नहुने हुदाँ त्यस्का बारेमा सन्देश दिन राराको मुर्माटपमा कचहरी कार्यक्रमको आयोजना गरी दिवस मनाईएको आयोजक संस्था कर्णाली ग्रामिण उत्थान तथा समाज बिकास केन्द्र (सिडिएस पार्क ) मुगुका अध्यक्ष अज बहादु शाहीले बताए ।
    विगत लामो समयदेखि यौन तथा प्रजन्न अधिकारका क्षेत्रमा काम गदै आएको यस कर्णाली ग्रामिण उत्थान तथा समाज बिकास केन्द्र सिडिएस पार्क मुगुले अन्तराष्टि किशोरी दिबसको अबसरपारी यौन तथा प्रजन्न अधिकारका बिषयमा कचहरी कार्यक्रम गरी किशोरी दिबस मुगुमा मनाउनुपर्छ किशोरीका हकहितका निम्ती वकालत गर्नु पर्छ भन्ने मान्यताका साथ कचहरी कार्यक्रको आयोजना गरिएको अध्यक्ष शाहीले बताए । मुगुमा किशोरी दिवस मनाउने गरिदैन आजै अन्तराष्टि किशोरी दिबस परेको र सो दिवशको अबसरमा यो दिवस मुगुमा पनि मनाउनु पर्ने सोचको बिकास गर्न तथा यौन तथा प्रजन्न अधिकारका क्षेत्रमा कलम चलाउदैका मिडियाकर्मि ,किशोरी संग यौन तथा प्रजन्न अधिकारका बिषयमा सवाल जफाव गरी कचहर गरीएको छ । कचहरी गरीएको स्थान रारातालको मुर्माटप समुन्द्र सतह देखि ४६ सय मिटर उचाईमा छ ।
    यसै बिच अन्तराष्टि किशोरी दिबसको अबसरमा यस सस्थाले खत्याड गाउँपालिकामा बालविवाह रोकथामाका लागी स्थानिय प्रहरी संग छलफल गरेको छ भने छायाँनाथ रारा नगरपालिकामा कविता वाचान गरेर अन्तराष्टि किशोरी दिबस मनाईएको अध्यक्ष शाहीले बताए ।

    प्रतिक्रिया दिनुहोस