आज: २०८० चैत्र १५, बिहिबार
ePaper
होमपेज /  Breaking News

हुम्लामा भारी हिमपात ( फोटो फिचर )

  • रारा रैबार
  • २०७७ पौष २१, मंगलबार मा प्रकाशित
  • ९९३ पटक पढिएको
  • रारा रैवार संवाददाता
    पुस २१ मुगु
    हुम्लामा आइतबार अपरान्हबाट देखि भारी हिमपात भएको छ । आइतबारबाट निरन्तर हिमपात हुँदा सोमबार बिहाना सम्म सदरमुकाम सिमकोटमा तीन इन्च बराबर हिउँ जमेको छ ।
    हुम्लाको उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा एक फिट सम्म हिउँ जमेको छ । सदरमुकमा सिमकोट सहित उत्तरी क्षेत्रमा भारी हिमपात हुँदा आवतजावतमा समस्या भएको छ ।

    हिमपातले हुम्लाको उतरी नाम्खा गाउँपालिकाका प्राय वस्तिहरुमा ४ फिट भन्दाबढी हिउँ जमेको छ । अहिले सदरमुकाम सिमकोटमा १ फिट हिउ जम्दा सिमकोटमा तापक्रम माइनस ८ डिग्रीमा झरेको छ । हिंपातले हुम्लाको सिमकोट लगायतका हिमाली जिल्लामा रहेका हवाई सेवा बन्द भएको विमानस्थल श्रोतले बताएको छ ।


    जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात भईरहेकाले यहाँका स्थानियलाई सतर्क रहन प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले आग्रह गरेका छन ।
    हिउँ रमाउदै
    जिल्लामा मङसिरको महिनामा सामान्य हिमपात भएपनि यस अघि हिमपात नहुँदा यहाँका स्थानीयले वर्षदिन पछि हिउँ देख्न पाउँदा उत्साहित भएका छन् । हिमपात हुँदा सदरमुकाम सिमकोटका विभिन्न क्षेत्रमा गएर हुम्लाका स्थानीय फोटो खिच्नुका साथै रमाउन थाले छन् ।


    सिमकोटमा रहेको शिवमन्दिर, सिमसार क्षेत्र,लाग्ना लगायतका क्षेत्रमा हिउँमा रमाउने स्थानीयको उपस्थित बाक्लो भिडभाड देखिएको सन्जय बोहराले बताए ।
    यस्तै जिल्लाको तल्लो क्षेत्रमा हिमपात नभएर सामान्य वर्षा भइरहेको छ । जिल्लामा आज दिनभरघाम नलागेर बाक्लो बादल लागी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस