आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

मुगुमा प्रधानमन्त्री ओलिको पुत्ला दहन

  • रारा रैबार
  • २०७७ पौष २४, शुक्रबार मा प्रकाशित
  • ९३७ पटक पढिएको
  •  

    रारा रैवार संवाददाता

    पुस २४ मुगु

    हिमाली जिल्ला मुगुमा प्रधानमन्त्री केपि शर्मा ओलिको पुत्ला दहन गरिएको छ । नेकपा प्रचण्ड माधव गुटका कार्यकर्ताले प्रधानमन्त्री केपि शर्मावलीको पुल्ता दहन गरेका हुन ।

    गहेको पुस ५ गते प्रधानमन्त्री केपि शर्मावलीले प्रतिनिधि सभा विघटन गरेसंगै देशभरी प्रधानमन्त्रीका विरुद्ध नेकपा प्रचण्ड माधव गुटका कार्यकर्ताले विरोद्ध जनाउदै आईरहेका बेला बिहिबार मुगुमा रहेका प्रचण्ड माधव गुटका कार्यकर्ताले प्रधानमन्त्री केपि शर्मावलीको पुल्ता दहन गरेका छन ।

    अनेरा स्वबियु केन्दिय कार्यालयकोे सकुर्लर अनुसार बिहिबार ५ बजे तिर नेकपा प्रचण्ड माधव गुटका कार्यकर्ता मुगु सदरमुकाम गमगढीको कृष्ण चोकमा जम्मा भई नारा बाजी गदै प्रधानमन्त्रीको पुल्ता दहन गरेका अनेरा स्वबियु कार्यालय कमिटि सदस्य तथा रारा क्याम्पस का सभनपती चन्द्र प्रकाश मल्लले बताए ।

    उनका अनुसार प्रतिगामि सरकारले जनताको हित विपरित काम गरी तथा सबिधानको उल्घन गरी संसद विघटन गरेकाले त्यसको विरोद्ध गदै प्रधानमन्त्री केपि शर्मावलीको पुल्ता दहन गरेको सभापती मल्लको  भनाई छ ।

    यता अर्का युवा नेता तथा अनेरा स्वबियु नगर संयोजक रविन कुमार मल्ललका अनुसार असबैधानिक  क्रियाकलापमा सबिधानको हत्या गरेको छ । नेपालको सबिधान माथि कु गरेर जनताका् जनमत लाई वेवास्ता गरी संसद विघट गरेर जनता माथि अन्नया गरेका  कारण पुल्ता दहन गर्न  बाध्य भएका मल्लले बताए ।प्रधानमन्त्रीको केपि शर्मा ओलीको पुल्ता दहनकै क्रममा प्रहरी संग धरपकड भएको नेकपा प्रचण्ड माधव गुटका कार्यकर्ताले बताएका छन ।

     

    प्रतिक्रिया दिनुहोस