आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

मुगुमा नेकपा केपी शर्मा ओली पक्षको शक्ति प्रर्दशन (फोटो फिचर )

  • रारा रैबार
  • २०७७ पौष २७, सोमबार मा प्रकाशित
  • ५२७ पटक पढिएको
  • रारा रैवार संवाददाता
    पुस २७ मुगु
    हिमाली जिल्ला मुगुमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले शक्ति प्रर्दशन गरेको छ । पहिलो पटक मुगु सदरमुकाम गमगढीमा बाजाँ गाँजाका साथ बृहत अगुवा कार्यकर्ता भेला गरि शक्ति प्रर्दशन गरिएको हो । प्रर्दशनमा महिलाहरु ऋापना दुधे बालक च्यापि प्रर्दशनमा सहभागी भएका थिय ।

    प्रधानमन्त्री केपि शर्मा ओलीले गहेको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय सहि भएको भन्दै मुगुमा बृहत अगुवा कार्यकर्ता भेला गरी शक्ति प्रर्दशन गरीएको नेकपा केपि शर्मा ओली पक्षका नेता तथा नेकपा केन्द्रीय सदस्य तथा माननीय मोहन बाँनियाले बताए ।
    भेलामा ओली पक्षका कार्यकर्ता अपेक्षा गरेभन्दा बढी नै उपस्थित भएको नेताहरूले बताएका छन् ।
    कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले यो राष्टको नायक केपि शर्मावली हुन र प्रधानमन्त्रीको गरेको निर्णय सहि भएको भन्दै जनताले पनी ताजा जनादेश चाहेको बताएका छन ।
    अगुवा कार्यक्रता भेलाको कार्यक्रममा मुगु जिल्लाका चार वटै स्थानीय तह एक नगरपालिका र तिन गाउँपालिका का केपि सर्मथक अगुवा कार्यकता सदरमुकाम गमगढीमा आई शत्ति प्रदर्शन तथा बृहत कार्यकता भेला गरीएको विधान समितिका सभापती कर्णाली प्रदेश सभा सदस्य दान सिहं परियारले बताए
    सबै नेता तथा कार्यकताले प्रधानमन्त्रीले गरेको निर्णय सहि भएको बताएका छन । कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले यो राष्टको नायक केपि शर्मावली हुन र प्रधानमन्त्रीको गरेको निर्णय सहि भएको भन्दै जनताले पनी ताजा जनादेश चाहेको बताएका छन।
    प्रर्दशनमा आज होईन भोली लाई दश बर्ष ओली लाई , सिमा अत्तिक्रमण बन्द गर लगायतका नारा लगाउदै प्रर्दशन गरीएको छ ।
    भेलालाई ओली समूहका नेता नेकपा केन्द्रीय सदस्य तथा माननिय मोहन बाँनिया, कर्णाली प्रदेश विधान सभा सदस्य तथा कर्णाली प्रदेश सभाका सदस्य नेकपा केन्द्रीय सदस्य दान सिहं परियार, ओली समूहका नेकपाका केन्द्रीय सदस्यहरु उब्जन बहादुर शाही सोनाम छेजुग लामा ,सोनामा लामा , ओली समूहका जिल्ला समन्वय समिति मुगुका प्रमुख पुर्ण बहादुर रोकाया , युवा नेता डम्बर रावल लगायतका नेताहरूले सम्बोधन गरेका थिय
    यसअघि, मुगुमा पुस १४ गते प्रचण्ड माधव पक्षले पनि कार्यकर्ता भेला गर्दै प्रधानमन्त्री केपी शर्मा आलीको असंवैधानिक कदमविरुद्ध शक्ति प्रदर्शन गरेको थियो ।

    प्रर्दशन भेलाका तस्विर

          

    प्रतिक्रिया दिनुहोस