आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

अध्यक्ष भामले गरे भत्ताको रकम बाट शौचालय निमार्ण

  • रारा रैबार
  • २०७७ माघ १८, आईतबार मा प्रकाशित
  • ५४८ पटक पढिएको
  • रारा रैवार संवादाता
    माघ १८ मुगु
    मुगुः मुगुमा एक जना जनप्रतिनिधिले आफनो भत्ताको रकमबाट सार्वजानिक शौचालय निमार्ण गरेका छन । छाँयानाथ रारा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बिष्णु कुमार भामले आफनो भत्ताको रकम बाट सार्वजानीक शौचालय निमार्ण गरेका हुन ।
    आफनो ४ वटा नगर सभाको भत्ताबाट सदरमुकाम गमगढी नजिक रेडक्रस तल पट्टी महिला पुरुषको लागी सार्बजानीक शौचालय निमार्ण गरेको वडा अध्यक्ष भामले बताए ।
    छायाँनाथ रारा नगरपालिका वडा नं १०,११,१२ र मुगुमकामारोगं गाउँपालिकाको गाउँ बस्ती बाट बजार आउने र घर जाने बटुवा लाई शौच गर्न समस्या भईरहेकाले सेवा नै धर्म हो भन्ने उदेश्यले आफनो चार वटा नगर सभाको भत्ताबाट सार्वजानिक शौचालय निमार्ण गरेको अध्यक्ष भामले बताए ।
    बजारमा सार्वजानिक शौचालय नहुदाँ बजार आउने जाने लाई शौच गर्न समस्या भईरहेको थियो अब सहज हुने स्थानीय बताउछन । बजारमा शौच गर्न धेरै समस्या छ । शौच गर्न होटलमा जानु पर्ने नास्ता खाजा खानु पर्ने बाध्यता थियो , पैसा नहुने लाई शौच गर्न हैरान हुन्थो अब सहज भएको स्थानीय देवि बिकले बताए ।
    शौचालय निमार्णमा करिब २८ हजारक बाराबरको लागत लागेको बताईएको छ ।
    वडा अध्यक्ष लाई मनकारी वडा अध्यक्ष भनेर सबैले चिन्ने गरेका छन अध्यक्ष भामले बिगतदेखि निरन्तर यस्तै सामाजीक काम गर्दै आइरहेका छन । यस अघि पनी अध्यक्ष भामले तालिम र बैठक भत्ताबाट मुगु गमगढी बजार नजिकको चैनाको भिडमा महिला र पुरुषको लागि पनी अलग अलग कोठा भएको सार्वजनिक शौचालय निमार्ण गरेका र गरिब दलित परिवार लाई राहत समेत वितरण गरेका थिय ।

    प्रतिक्रिया दिनुहोस