आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

सामाग्री अभावमा आरान पेशा छा्डेका लाई अध्यक्ष सावतले गरे सामाग्री सहयोग

  • रारा रैबार
  • २०७७ माघ २०, मंगलबार मा प्रकाशित
  • ८५८ पटक पढिएको
  • रारा रैवार संवाददाता
    माघ २० मुगु
    हिमाली जिल्ला मुगुमा आयतित सामग्रीको प्रयोग संगै आरन पेशा लोप हुदै गहेको छ । लोप हुदै गहेको आरना पेशा लाई आधुनिकिकरण गदै ब्याबसायिक बनाउन छायाँनाथ रारा नगरपालिकाका एक जना जनप्रतिनिधिले आरन पेशा प्रवद्धनको लागि कार्यक्रमको थालनी गरेका छन् ।
    छायानाथ रारा नगरपालिका वडा नं १३ का वडा अध्यक्ष चक्र बहादुर साँवतले लोप हुदै गहेको आरन पेशा लाई आधुनिकिकरण गदै ब्याबसायिक बनाउने तर्फ लागी परेका हुन ।

    उनले भने छायाँनाथ रारा नगरपालिका भित्रका १४ वडाका ८७ बस्तीमा आरना पेशा गदै आएका र सामग्री अभावमा पेशा ब्याबसाय छोडेका उद्यमी लाई बिशेष प्रथामिकता दिई सामाग्री सहयोग गर्ने बताए ।
    मंगलवार एक कार्यक्रमका बिच छायानाथ रारा नगरपालिका वडा नं १३ लुमका ७० वर्षिय वृद्ध हर्क कामि र सोही वडाकै रुगा गाउका गोर बहादुर कामि लाई आरन पेशामा आवश्यक पर्ने सामानहरु हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको छ ।
    विगत लामो समय देखि आरन पेशा गदै आएका र सामाग्री अभावमा पेशा छोड्न बाध्य भएका दुई जना लाई आरना पेशामा आवश्यक पनेए सामाग्री आफर , रेत , घन , हतौडा , सँरासो लगायत सामाग्री हस्तान्तण गरि कार्यक्रमको सुरुवात गरेको वडा अध्यक्ष सावतले जानकारी दिए । आफ्नो व्यक्तिगत लगानीमा नगरपालिका भित्रका उदमी दलित वर्गहरु लाई यो सामान वितरण गरिने छ ।

    पुराना साम्रगिको लोप हुदै गहेको र आयतित सामाग्रीको प्रयोग संगै लोप हुदै गहेको आरन पेशा लाई व्यवसायिक गरी बेराजगार वर्ग लाई स्वरोजगार बनाउन आधुनिकिकरण आर पेशा लाई जोड दिई लोप हुदै गहेको आरन पेशा लाई प्रवद्र्धन गरी समाजमा स्थापीत गर्ने जस्ता कार्यक्रम थालनी गरीएकोे वडा अध्यक्ष साँवतले बताए

    सामान बुझ्दै ७० वर्षिय बृद्ध हर्क कामिले पहिला आफुहरु छालाको माध्याम बाट आरना पेशा गदै आएका र बाजेको पाला देखि यो पेशा बाट घर खर्च , छोराछोरीहरु लाई पठनपाठन गथ्र्यो यसरी नै गुजारा चलिरहेको भएपनी सामाग्री अभावमा आराना पेशा छोड्न बाध्य भएको बताए । आयतित सामाग्रीको बढ्दो प्रयोगले गर्दा पेशा धरापमा छ । अब सामाग्री पाएका छौ यो पेशा लाई आधुनिकिरण गदै नया सामाग्री उत्पादनमा जोड दिने कामीले बताए ।
    यसै बिचा वडा अध्यक्ष सावतका अनुसार छायानाथ रारा नगरपालिकाका गरिब विपन्न , असहाय , टुहुरा , व्यक्ति लाई आफ्नो व्यक्तिगत लगानी बाट कम्मल लगायत न्यानो कपडा वितरण गरिने पनि जानकारी गराउनुभयो । नगर भित्रका १४ वडाका न्युन आयस्रोत भएका व्यक्ति लाई चिसो बढ्दै गए संगै चिसो छल्न कम्मल वितरण गरिने बताए

     

    प्रतिक्रिया दिनुहोस