आज: २०७९ मंसिर २१, बुधबार
ePaper
होमपेज /  Breaking News

घुम्ती सेवा मार्फत प्रेसपास वितरण

  • रारा रैबार
  • २०७८ मंसिर १०, शुक्रबार मा प्रकाशित
  • ३७८ पटक पढिएको
  • राज्यश्वर मल्ल
    मंसिर १० मुगु
    मुगु ः हिमाली जिल्ला मुगुमा सञ्चार घुम्ती सेवा मार्फत प्रेसपास वितरण गरिएको छ । मुगुमा पहिलो पटक सञ्चार घुम्ती सेवा सञ्चालन गरी २६ जना सञ्चारकर्मी लाई पेश पास वितरण गरिएको हो ।
    सञ्चार घुम्तीसेवा मार्फत मुगुका २० ,जुम्लाका १ र जाजरकोटका ५ जना गरी २६ जना सञ्चारकर्मी लाई प्रेशपास वितरण गरिनुका साथै दुई वटा अनलाईन दर्ता गरिएका सुचना तथा प्रसारण बिभागका महानिर्देशक सुदिप भट्टराइले बताए ।

    सुचना तथा प्रसारण बिभागकाको आयोज र नेपाल पत्रकार महासंघ मुगु शाखाको सहकार्यमा तीन दिने घुम्ती शिबिर संचालन गरिएको थियो । उक्त सञ्चालित संचार घुम्ती शिबिरमा २६ जना सञ्चारकर्मी लाई प्रेशपास वितरण गरिएको र दुईवटा अनलाईन रारा रैवार डटकम,चख्ेली अनलाईन दर्ता गरिएका महानिर्देशक भट्टराइले बताए ।
    दुृर्गमका हिमाली जिल्लाका संचारकर्मीको दुःख पिडालाई ध्यान दिएर बिगत बर्ष देखि बिभागले हिमाली जिल्लामा संचार घुम्ती शिबिर संचालन गर्दै आएको र दुर्गम जिल्लामा कार्यरत संचारकर्मीलाई सहजको लागि संचार घुम्ती शिबिर संचालन गरिएको बताईएको छ

    समापन कार्यक्रमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले दुर्गमका संचारकर्मीको हितको निम्ति राज्य पहिलो पटक उपस्थित हुदा खुशी लागेको बताए । बिभागले प्रदान गर्न लागेको क्षमता बिकास तालिम र प्रेस प्रतिनिधि प्रमाण पत्र अनलाइन संचारमाध्यम दर्ता जस्ता महत्वपूर्ण कुराले यहाका संचारकर्मीले उत्साहित भएको अध्यक्षको मल्लको भनाई छ ।
    यसै बिच संचार घुम्ती शिबिरमा जिल्लामा कार्यरत संचारकर्मीलाई क्षमता बिकास तालिम पनी प्रदान गरिएको छ । पत्रकारको लेखनबृद्धि समाचारसंकलन अन्त्रबार्ता, फिचरलेखन, अवलोकन लगाएतका बिषयमा जिल्ला स्थित संचारकर्मीलाई तिन दिन सम्म प्रशिक्षण दिईएको छ । प्रशिक्षण डा बिजय मिश्रले दिनु भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस