आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

विद्युतको एउटा मेसिन माकुराको जालो , अर्को मेसिनमा समस्या आउदा मुगु अन्धकार

  • रारा रैबार
  • २०७८ मंसिर १९, आईतबार मा प्रकाशित
  • १७३ पटक पढिएको
  • रारा रैबार सम्बादाता

    मुगु १९ मंसिर
    हिमाली जिल्ला मुगुमा विगत एक हप्ता देखि विद्युत सेवा अवरुद्ध हुदा सदरमुकाम गमगढी बजार लगायत आसपासका दर्जनौ बस्ति अन्कारमय बनेको छ ।

    नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुमा रहेको विद्युत गृहमा रहेका २,२ सय किलो वाट क्षमता भएका मेसिनहरु मध्ये एक मेसिन २०६८ साल बाट सञ्चालनमा नआएर माकुराको जालो बनेको छ भने अर्को २ सय किलो वाट क्षमता भएको मेसिनमा जेनेरेटरको बेरिङ्ग , एक्साईटेसन आरर्मिचर मेसिनमा बिजुलि उत्पादन हुन नसक्दा विगत एक हप्ता देखि सदरमुकाम गमगढी बजार लगायत दर्जनौ बस्तिमा बस्दै आएका ३ हजार १ सय जना ग्राहक मध्ये ३५ हजार जनसंख्या विद्युत सेवा बाट बञ्चित भएका हुन ।
    एक हप्ता देखि विद्युत सेवा अवरुद्ध हुदा गमगढी बजारमा ब्यवसायि गर्दै आएका पसल होटल , उद्योग कल कारखाना सरकारी कार्यालय संघ संस्था शैक्षिक संस्थान र बैकिंक कारोवार गर्दे आई रहेका संस्थानहरु लाई यहाका स्थानीय नागरिकहरु लाई सेवा प्रदान गर्न र लिन समस्या भएको स्थानीय गंग प्रसाद न्यौपानेले बताए ।
    मुगुमा विद्युत सेवा नहुदा यहाका स्थानीय मर्कामा पर्नुका साथै सामान्य मोवाईल चार्ज गर्न पनि १ एक सय रुपैया शुल्क तिरेर मोवाईल चार्ज गर्नु परेको छ भने सरोकारवाला निकाय मौन रहेको अर्को स्थानीय मणिचन्द्र भामले बताए ।
    मुगुमा विद्युत अवरुद्ध हुदा तत्कालै गमगाढ वितरण केन्द्र लाई छिटो मर्मत गरि सञ्चालन गर्नको लागि निर्देशन दिईएको र दक्ष प्राविधिक नहुदा छिमेकि जिल्ला जुम्ला बाट प्राविधिक झिकाउदा पनि मर्मत कार्य हुन सकेन । पुन विद्युत प्राधिकरणको क्षेत्रिय कार्यालय नेपालगज प्रमुख र नेपाल प्राधिकरण केन्द्रका निर्देशक कुलमान घिसिङ ज्युज सँग प्रत्यक्ष टेलिफोन मार्फत जिल्लाको विद्युतको बारेमा पहल कदमि गरेको र यो मेसिन सञ्चालन गरि प्रयोगमा आए पनि पुरानो चाईनिज कम्पनिको मेसिन भएको हुदा पुन छिन छिनमा बिग्रने प्रवल सम्भावना भएको हुदा आगामि दिनको लागि राष्ट्यि प्रशारण लाईन जिल्लामा पुर्याउनको लागि सरोकारवाला सबै लाई अनुरोध र पहल कदमि गर्नको लागि समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकरी रोम बहादुर महतले बताए ।


    जेनेरेटरको बेरिङ्ग , एक्साईटेसन आरर्मिचर मेसिनमा बिजुलि उत्पादन हुन नसक्दा विद्युत बन्द भएको हो , विद्युत सञ्चालनको लागि नेपालगंज बाट विद्युत सामान सहित दक्ष प्राविधिक झिकाईएको भए पनि मौसमका कारणले आउन नसकेको र एक दुई दिन भित्रै दक्ष प्राविधिकले मर्मत पश्चात विद्युत सेवा सञ्चालनमा ल्याउने प्रयास भई रहेको छ भने अर्को एक मेसिन २०६८ साल बाटै बिग्रेको हुदा प्रयोग नआएको अर्को मेसिन खरिद टेन्डर प्रक्रिया सबै पुरा भई चिन र नेपाल बिचमा रहेको केरुङ भन्ने स्थानमा थन्किएको हुदा उक्त मेसिन नेपाल ल्याउन नसकिएको गमगाढ वितरण केन्द्र आयोजना मुगुका सुचना अधिकारी प्रेम प्रसाद पाण्डेले बताए ।

     

     

    प्रतिक्रिया दिनुहोस