आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  खेलकुद

सहिद स्मारक ‘ए’ डिभिजन लिग : सातदोबाटो र आर्मीको बराबरी

  • रारा रैबार
  • २०७८ पौष २, शुक्रबार मा प्रकाशित
  • २८० पटक पढिएको
  • काठमाण्डौ : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सातदोबाटो युथ क्लबसँग १/१ गोलको बराबरी खेलेको छ ।सातदोबाटोलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लने ध्याउनमा रहेको आर्मी सुरूवाती अग्रताका बाबजुत नवप्रवेशी सातदोबाटोसँग अंक बाँड्न बाध्य भयो ।

    शुक्रबार दशरथ रंगशालामा भएको पाँचौँ चरणको पहिलो खेलमा त्रिभुवन आर्मीले १०औँ मिनेटमै दिनेश हेम्जनको गोलमार्फत अग्रता लिएको थियो । टेकबहादुर बुढाथोकीको क्रसमा हेम्जनले आकर्षक गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाएका थिए ।

    तर, आर्मीले खेलमा अग्रता बनाए पनि लामो समय टिकाउन सकेन। १६औँ मिनेटमै सातदोबाटोले बराबरी गोल फर्कायो ।

    सातदोबाटोका गोलरक्षक अभिषेक बरालले गरेको लामो प्रहारलाई मार्टिन अजाइजले वान टचु प्रहार गर्दै खेल १/१ को बराबरीमा ल्याए ।

    त्यसपछि पनि आर्मीले निरन्तर बलमा पकट जमाए पनि गोल गर्न भने सकेन। २१औँ मिनेटमा टेक बहादुरले गरेको क्रस सातदोबाटोका गोलरक्षक अभिषेकले वान टचु समाउन नसक्दा पाएको रिबाउन्डलाई सन्तोषले फितलो एक्रोब्याट्रिकु प्रहार गर्दा अभिषेकले सहज बचाउ गरेका थिए ।

    त्यसपछि पनि खेलको पहिलो हाफमा अधिकांश समय आर्मीले सातदोबाटोलाई दबाबमा राख्दै खेल नियन्त्रणमा लिएको थियो ।

    दोस्रो हाफमा पनि आर्मीले खेलमा दबाब बढाए पनि गोल गर्न भने सकेन। दुवै टिमले सीमित अवसर पाए पनि गोल गर्न सकेनन्। ५१औँ मिनेटमा सुदीप गुरूङले सातदोबाटोलाई अग्रता बनाउने मौका खेर फाले। लगत्तै आर्मीका टेकबहादुर बुढाथोकीको प्रहार पनि सफल हुन सकेन।

    ६९औँ मिनेटमा आर्मीले अग्रताको अर्को मौका खेर फाल्यो। टेकबहादुर बुढाथोकीले डी बक्समा पाएको राम्रो अवसर बाहिर फाल्दा आर्मी अग्रताबाट विमुख भयो। इन्जुरी समयमा आर्मीले गोलको अर्को मौका चुकायो।

    दुवै टिम अन्तिम समयमा निकै आक्रामक भए पनि गोल गर्न असफल भएका थए। खेलपछि आर्मी पाँच खेलबाट ९ अंकका साथमा तेस्रो स्थानमा कायम हुँदा सातदोबाटो भने ८ अंक बनाउँदै चौथो स्थानमा उक्लिन सफल भएको छ।

    प्रतिक्रिया दिनुहोस