आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

मुगुमा संरक्षित पंक्षीसहित एक जना पक्राउ

  • रारा रैबार
  • २०७८ पौष ४, आईतबार मा प्रकाशित
  • ४९१ पटक पढिएको
  • मुग : जिल्ला प्रहरी कार्यालय मुगुले संरक्षित पंक्षी डाँफेसहित एक जनालाई पक्राउ गरेको छ । छायानाथ रारा नगरपालिका–३ का २० वर्षीय ध्रुवराज रोकायालाई प्रहरीले डाँफेसहित पक्राउ गरेको हो । उक्त पंक्षी फूली गाउँको पाँपे भन्ने जंगलमा मृत अवस्थामा फेला पारेको रोकायाले बताएका छन् । कार्यालयबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले रोकायालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

    डिभिजन वन कार्यालय मुगुका अनुसार वन ऐन २०२९ अनुसार उनलाई कार्वाही हुनेछ । पशुपंक्षी चोरी शिकारी गर्ने व्यक्तिलाई तीनदेखि नौ महिना र १५ देखि २५ हजार नगदसहित दुवै सजाय हुने वन अधिकृत भरत बुढ्थापाले बताए । पक्राउ परेको पंक्षी पोथी डाँफे रहेको छ भने यसको तौल करिब दुई केजी रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस