आज: २०८० जेष्ठ २३, मंगलबार
ePaper
होमपेज /  Breaking News

माओवादी केन्द्र बागमती : निर्वाचनबाटै पदाधिकारी छान्ने तयारी

  • रारा रैबार
  • २०७८ पौष ५, सोमबार मा प्रकाशित
  • २२९ पटक पढिएको
  • काठमाडौं : नेकपा ( माओवादी केन्द्र )को बागमती प्रदेश समितिको पदाधिकारी चयनका लागि निर्वाचन तयारी भएको छ। आज दिउँसोसम्म सहमतिका लागि अन्तिम समय दिइएको र सहमति नभए चुनावी प्रकृयामा लैजाने तयारी भएको निर्वाचन समितीका सदस्य डिबी तामाङले जानकारी दिए।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नभएको खण्डमा चुनावमा जान निर्देशन दिइसकेकाले चुनावका लागि तयारी गरिएको तामाङले बताए। प्रदेश समितिको पदाधिकारीमा आकांक्षी धेरै हुँदा सहमतिमा ल्याउन सकस भएको हो। काठमाडौंको बत्तिस पुतलीस्थित एक पार्टी प्यालेसमा मंसिर २५ गते भएको अधिवेशनको बन्दसत्रले चयन गरेका २७५ जना सदस्यको बैठक बस्दैछ। बैठकले निर्वाचनमा जाने औपचारिक निर्णय गरेपछि प्रकृया थाल्ने निर्वाचन समितिले जनाएको छ।

    तामाङका अनुसार २७५ जनाबाटै पदाधिकारी चयन हुनेछ। अध्यक्षसहितको ९ जनाको पदाधिकारी निर्वाचनमार्फत चुनिने उनले जानकारी दिए। प्रदेश समितिमा अध्यक्षसहित तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष निर्वाचित हुने ब्यवस्था छ।

    अध्यक्षको दौडमा काभ्रेका दीनानाथ गौतम, सिन्धुपाल्चोकका सरल सहयात्री, नुवाकोटका हिरानाथ खतिवडा, डीपी ढकाललगायत रहेका छन्। यसअघि दोलखाका विशाल खड्का पनि अध्यक्षको दौडमा रहेकामा उनी बागमती प्रदेशको मन्त्री बनेपछि चारजना प्रतिस्पर्धामा छन्।

    माओवादी केन्द्रको प्रदेश १, २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि पदाधिारी चयन हुन सकेको छैन्। उपध्यका विषेश प्रदेशको मात्रै पदाधिकारी टुंगो लागेको छ। माओवादीको ९ वटा प्रदेशको सम्मेलन मंसिर २५ गते एकैपटक उद्घाटन गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस