आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

हुम्लामा अन्तरजातीय विवाह : फरार युवतीका बुवा पक्राउ

  • रारा रैबार
  • २०७८ पौष ५, सोमबार मा प्रकाशित
  • ५४१ पटक पढिएको
  • मुगु : अन्तरजातीय विवाह गरेका कारण चन्द्रे कामीलाई बेपत्ता पार्ने कार्यमा संलग्न भनिएका फरार रहेका युवतीका बुवा पक्राउ परेका छन् । मुगुको सोरु गाउँपालिका ४ लिप्रु गाउँकी १९ वर्षीया सुन्तली मल्लका बुवा वीरबहादुर मल्ल पक्राउ परेका हुन् ।

    जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार सुन्तलीका बुवालाई आज पक्राउ गरिएको हो । जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले घटना लगत्तै फरार युवतीका बुवालाई पक्राउ गरेको जानकारी दिए । बेपत्ता चन्द्रेको खोजीकार्य जारी छ । दुबै पक्षबाट अनुसन्धान भइरहेको र युवती पक्षको बयान अनुसार केटालाई उसैको गाउँ आसपासमा छोडिएको छ,” प्रजिअ आचार्यले भने ।

    सुन्तली मल्लसँग सर्केगाड गाउँपालिका १ जैर नात्ताका चन्द्रे कामीले दुई महिना अगाडि पे्रम विवाह गरेका थिए । उनीहरु अन्तरजातीय विवाह गरेकै कारण दुईमहिनासम्म लुकेर बसेका थिए । पछि युवती पक्षले केही नगर्ने भन्दै घर आउन राजी बनाएको थियो ।

    चन्द्र र सुन्तली घर फर्किएपछि युवतीपक्षले चन्द्रेको गाउँलेलाई धम्क्याएर सबै घरका ढोका बन्द गराएर चन्द्रेलाई नग्न बनाएर कुटपिट गरी बेपत्ता बनाइएको थियो । बेपत्ता बनाउने २०–२५ जनाको समूह फरार थियो । सोही समूहमा युवतीका बुवा पनि रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस