आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

मुगुका क्रियाशिल पत्रकारलाई क्षमता अभिवृद्धि तालिम

  • रारा रैबार
  • २०७८ पौष ९, शुक्रबार मा प्रकाशित
  • २४४ पटक पढिएको
  • मुगु : हिमाली जिल्ला मुगुका क्रियाशिल पत्रकारहरु लाई क्षमता अभिबवृदी सम्बन्धि एक दिने पत्रकारिता तालिम प्रदान गरिएको छ । टिडिएच बिएम जेट जर्मनको आर्थिक सहयोग मानव अधिकार तथा बातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकोट, मालिका सामुदायिक विकास केद्र मुगुको सहजीकरणमा मुगुका पत्रकारलाई एक दिने तालिम दिईएको हो ।

    ग्रामीण हिमाली क्षेत्रमा दिगो जिबिको पार्जन तथा जैबिक बिबिधता संरक्षण परियोजना अन्तर्गत जलबायु परिवर्तन तथा रैथाने बाली प्रबर्द्धनमा आम सञ्चारको आकांक्षा लाई मध्येनजर गर्दे मुगुका पत्रकारलाई तालिम दिईएको मालिका सामुदायिक विकास केन्द्र मुगुले जनाएको छ । सन्चारको भूमिका लाई जिम्मेवार बनाउन उक्त तालिम सन्चालन गरिएको मालिका सामुदायिक विकास केन्द्र मुगुका जिल्ला संयोजक निरु शाहीले बताईन ।

    एक दिने तालिममा जिल्ला स्थित एक दर्जन भन्दा बढी त्रियाशिल पत्रकार हरुको सहभागिता रहेको थियो । पछिल्लो समय मालिका संस्था जिल्लामै पहिलो पटक पत्रकारलाई तालिम दिने संस्था पनि रहेको छ । यो संस्थाले मालिकाबाट समुदाय स्तरमा गरेका काम प्रयास, चुनौतिलाई सञ्चारमाध्यममा प्रस्पुटन गर्न अध्यक्ष सुरेश शाहीले बताए । नेपाल पत्रकार महासंघ मुगुका उपाध्यक्ष दान बहादुर बुढाले यस्ता खालका तालिम एक दिने मात्र नभएर पत्रकारलाई अझै थप मजबुद गर्न एक हप्तासम्म तालिमको आयोजना गर्न बुढाले आग्रह गरेका छन् । तालिमको सहजीकरण अन्नपुर्ण पोष्टका सम्वाददाता जीवन सेजुवालले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस