आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

चर्को मूल्य हालेर खाद्यान्न उपभोग गर्नु मुगालीको रहर कि बाध्यता ?

  • रारा रैबार
  • २०७८ पौष १३, मंगलबार मा प्रकाशित
  • ३५१ पटक पढिएको
  • रवि हमाल
    पुस १३ मुगु

    हिमाली जिल्ला मुगुमा रहेका चारै वटै स्थानिय तहहरुमा समयमै खाद्यान्न ढुवानी नहुदा यहाका स्थानीयहरु चर्को मुल्य हालेर खाद्यान्न उपभोग गर्न बाध्य भएका छन् । खाद्यान्न ढुवानिको जिम्मा पाएका ठेक्कादारहरुले समयमा खाद्यान्न ढुवानि नगर्दा यहाका स्थानीय बजारको खाद्यान्नमा चर्को मूल्य हालेर उपभोग बाध्य भएका हुन् ।

    खाद्य ब्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय गमगढी बाट २०७८।०७९ मा स्वकिृत कोटा अनुसार जिल्लाको मुगुम कामारोङ्गको पुलु डिपोमा १ हजार क्विन्टल , सोरुकोट डिपोमा १ हजार ५ सय क्विन्टल , श्रीकोट डिपोमा १ हजार क्विन्टल सदरमुकाम गमगढी बजारको लागी ११ हजार क्विन्टल स्वीकृत भए पनि सदरमुकाम बाहेक अन्य डिपोहरुमा केही खाद्यान्न ढुवानि भए पनि प्रयाप्त मात्रामा खाद्यान्न ठेकेदारले समयमा ढुवानि नगर्दा स्थानिय बासीहरु सोरुकोटको सोरु बजार खत्याडको माझचौर आसपासका बजार ,पुलु र छाईलबजार बाट स्थानिय नागरिकहरु चर्को मूल्य हालेर खाद्यान्न उपभोग गर्न बाध्य रहेका छन ।

    नयाँ आर्थिक बर्ष सुरु भएको ७ महिना बिती सक्दा पनि नेपाल सरकार बाट अनुदान खाद्यान्न ब्यापार तथा ब्यापार कम्पनी लिमीटेड कार्यालय बाट अनुदानमा पाईने अरुवा २५ केजीको १२ सय ,जिरा २५ केजीको १७ सय ७५ रुपैयामा पाईने खाद्यान्न समयमा खान नपाउदा हिजो आज पुलु बजार बाट सोही खाद्यान्न सरहको चामलको २५ सय देखी ३ हजार सम्म मू्ल्य तिरेर खाने गरेको मुगमकामारोङ्ग गाँउपालीका वडा नम्बर ५ बस्ने स्थानिय साग्मुलामाले बताईन ।

    अर्का स्थानियका अनुसार हरेक बर्ष सरकारी अनुदानको खाद्यान्न खान पाईदैनन् ।मुगुमकामारोङ्ग गाँउपालिकामात २५।३० केवी खाद्यान्न ४ हजार ४५ सय मूल्य तिरेर खान बाध्य भएका छौं खाद्यान्न सस्थानको कमजोरी होकी ठेक्कादारको कम्जोरी हो सबै भन्दा पिडा स्थानिय नागरीकलाई भोक्नु परेको छ्यावाङ्ग लामाले बताए ।

    हिजो आज सबै डिपोहरुमा केही मात्रमा खाद्यान्न पुगी सकेको छ । केही खाद्यान्न्न बाटोमा ढुवानि भई रहेको छ । यता जिल्ला सदरमुकाम गमगढी बजारमा रहेको खाद्यान्न डिपोमा पनि प्रयाप्त खाद्यान्न नभएको गोदाममा ६ सय क्विरन्टल मात्र रहेको छ छिटो ढुवानिको लागी ठेकेदारहरुलाई निर्देशन गरीएको खाद्य ब्यवस्था तथा क्यापार कम्पनी लिमीटेड कार्यालय मुगुका प्रमुख पुस्कर भामले बताए ।

    मुगु जिल्लाको चारै स्थानमा खाद्यान्न ढुवानिको जिम्मा लिएको सप्लायर्स कम्पनिका प्रोपराईटरलाई फोन गर्दा केही खाद्यान्न डिपोहरुमा पुगिरेकेको र केही पुुग्न बाँकी रहेको हुदा अबको २/३ दिन भित्र खाद्यान्न पुराएर बितरण गर्न जानकारी दिएका छन ।

     

    प्रतिक्रिया दिनुहोस