आज: २०७९ भाद्र १, बुधबार
ePaper
होमपेज /  Breaking News

मुगुमा हिमपातले सडक , हवाई सेवा अवरुद्ध

  • रारा रैबार
  • २०७८ पौष १४, बुधबार मा प्रकाशित
  • २०२ पटक पढिएको
  • मुगु : हिमाली जिल्ला मुगुमा मध्यान्ह राति देखि परेको हिमपातले जनजीवन प्रभावित पार्नुका साथै हवाई उडान र सडकमा अवरुद्ध भएको छ । लगातार रुपमा परेको बाक्लो हिमपात सडक र हवाई यातायात अवरुद्ध भएको हो ।

    हिमपातले हवाई यातायात समेत अवरुद्ध हुँदा रारा विमानस्थलबाट मुगु देखि नेपालगन्ज सम्म जाने र नेपालगंज देखि मुगु आउने यात्रुहरु ताल्चा र राझा विमानस्थलका होटलहरुमा भरिभराउ भएको पर्यटन ब्यवसायि देवि कृष्ण रोकायाले बताए ।

    हिमपातले मुगु र जुम्लाको सिमानामा पर्ने घुच्चि लेकमा बाक्लो रुपमा हिमपात पर्दा बिच बाटोमै सवारी साधन रोकिने गरेका छ ।
    उनका अनुसार अहिले लगातार रुपमा हिमपात भई रहेको छ । हिमपातले हवाई उडान हुने कुनै पनि सम्भव छैन । आपतकालिन सेवा परे पनि हवाई उडानको कुनै पनि उपाय लाग्ने छैन ।

    जिल्लामा बढि मात्रा मुगुम कार्मारोङ गाँउपालिका, खत्याड, र रारा क्षेत्रका साथै रारा विमानस्थलमा बाक्लो हिमपात भई रहेको रोकायाले बताए ।
    मुगुमा यो वर्ष पहिलो पटक हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । मुगुमा तापक्रम माइनस ३ डिग्रीमा झरेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको खबर आएको छ ।

    प्रतिक्रिया दिनुहोस