आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

कानुनी सहायताका लागी रकम हस्तान्तरण

  • रारा रैबार
  • २०७८ पौष १६, शुक्रबार मा प्रकाशित
  • ५९५ पटक पढिएको
  • मुगु : छाँयानाथ रारा नगरपालिका—३ कि १७ बर्षिया हसिला सेजुवाललाई कानुनी सहायताकालागी रकम हस्तान्तरण गरिएको छ । ०७८ असार १८ गते दिउस घरमा बसिरहेका बेला सोही वडाका उनका पति २२ बर्षिय सुभाष रावलले मार्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा असार ३ गते किटानी जाहेरी दिएकि थिईन ।

    कानुनी प्रक्रियामा अगाढी जान आफु संग आर्थिक नभएको भन्दै उनले कानुनु सहायता केन्द्रमा सहयोगकालागी निबेदन दिएपछी पिडितलाईकानुनी सहायता केन्द्रबाट पाँच हजार आर्थिक सहयोग भएको हो । पिडितलाई घाँटीमा डोरी कसेर मार्न खोजेका र पिडित मरेको भनी पिडितलाई घरमै छाडेर आरोपित भागेका थिए । पिडितलाई घर छेउमा रहेका छिमेकिले मुर्छित अबस्थामा भेटाई उनका माईतिलाई खबर गरेर सोही दिन प्रहरीलाई घर परिवारलाई खबर गरेका थिए ।

    पिडितले असार १९ गते किटानी जाहेरी दिएपछी प्रहरीले सोही दिन आरोपितलाई गिरप्तार गरेको थियो । पिडितको माईती घरको आर्थिक अबस्था कमजोरी भएकोले कानुनी सहायताकालागी ईन्सेक जिल्ला प्रतिनधी मार्फत कानुनी सहायता केन्द्रमा आर्थिक सहयोगकालागी अनुरोध गरेपछी पिडितलाई खान बस्न तथा यातायातकालागी ५ हजार आर्थिक सहयोग गरिएको छ ।

    पिडित हाल भेटनरी जेटिएको अध्यनकालागी बर्दियामा रहेकाले पिडितका बाबु बिर्ख सेजुवाललाई असार १५ गते पाँच हजारको चेक हस्तान्तरण गरिएको ईन्सेक जिल्ला प्रतिनधी जीवन सेजुवालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस