आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

नापी मुगुले सुरु ग¥यो डिजिटल प्रविधिबाट जग्गाको नापजाँच 

  • रारा रैबार
  • २०७८ फागुन २६, बिहिबार मा प्रकाशित
  • ९७९ पटक पढिएको
  • मुगु : हिमाली जिल्ला मुगुमा रहेको नापी कार्यलय मुगुले बुधबार बाट लागु हुने गरि जग्गाको नापजाँच अब डिजिटल प्रविधिबाट गर्ने भएको छ । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि नापी कार्यालय मुगुबाट सेवा प्रवाह हुने महत्वपुर्ण सेवा मध्य डिजिटल प्रविधिबाट टेस नक्सा प्रिन्ट , डिजिटल प्रविधिबाट बिल्यु प्रिन्ट, कित्ता काट ,जग्गा एकिकरण र नक्सा प्रिन्ट जस्ता सेवाहरु अब डिजिटल प्रविधिबाट सेवा प्रवाह गरिने भएको हो ।

    देशका ७७ जिल्लामा जग्गाको नापजाँच डिजिटल प्रविधिबाट भएको जानकारी दिदै अब मुगुमा पनि डिजिटल प्रविधिबाट जग्गाको नाप जाचँ सुरु गरिएको नापी कार्यालका सुचना अधिकारी किष्ण प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

    नापी कार्यलय मुगुले डिजिटल प्रविधिबाट सेवा सुचारु गरेर सेवामा गुणस्तरीगता कार्यम गर्न , सेवा प्रवाह छिटो छरितो सरल बनाउन सेवाग्राहीको सेवा लाई मध्यनजर गदै जग्गामा हुने विवाद समाधान गर्ने डिजिटल प्रविधिबाट जग्गाको नापजाँच र साँध सँधियार छुट्याउने काम अगाडि बढाएको छ ।


    यसबाट जग्गाको नापजाचँ गर्दा थप वैज्ञानिक, तथ्यपूर्ण र पारदर्शी हुने र यसबाट जमिनको साँध सिमाना यथार्थ हुने भएकाले हाल प्रचलित नापी प्रणालीको जस्तो विवाद नहुने नापी कार्यलय मुगुका प्रमुख विनितिा शाहीले बताईन ।

    विगतका दिनहरुमा जग्गाको नापजाचँ गर्दा साँध सँधियारले हचुवा तरिकाले देखाएको भरमा साँध लगाउने र चार किल्ला तोक्ने गरिएको भएपनि अब त्यस्तो हुने छैन । हरेक क्रियाकलाप डिजिटल प्रविधिबाट टेस नक्सा प्रिन्ट , डिजिटल प्रविधिबाट बिल्यु प्रिन्ट, कित्ता काट ,जग्गा एकिकरण र नक्सा प्रिन्ट जस्ता सेवाहरु अब डिजिटल प्रविधिबाट सेवा प्रवाह गरिने छ ।

    डिजिटल पद्धतिको नाप जाँचाले विगतमा गरिएको नापी नक्साले कतिपय अवस्थामा जग्गाको हाल साबिकको अवस्था अहिले नमिल्न सक्छ, कतिपय स्थानमा यो मिलेको छैन, यस्तोमा भएको विवाद डिजिटल प्रविधिबाट अब निरुपण हुने कार्यलय प्रमुख शाहीको भनाई छ । प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले यो प्रविधिबाट साँध सिमानामा देखा परेका विवाद हट्ने बताउनुहुन्छ ।

    विगतमा गरिने नाँपजाचँ केहि झन्झट हुने हुदँ अबर डिजिटल पद्धतिको नाप जाँच प्रविधि सुरु संगै अब सेवा ग्रहाीलाई सहज हुने र उहिल्यैको जस्तो अब नहुने प्रजिअ महतले बताए ।

     

    प्रतिक्रिया दिनुहोस