आज: २०७९ जेष्ठ १२, बिहिबार
ePaper
होमपेज /  Breaking News

¥याप–थ्रीले निमार्ण गरेको सडक प्रदेश सरकारलाई हस्तान्तरण

  • रारा रैबार
  • २०७८ चैत्र २०, आईतबार मा प्रकाशित
  • १३६ पटक पढिएको
  • मोहन मल्ल
    बेलायत सरकारको सहयोगमा निमार्ण सम्पन्न भएको यहाँको एक सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । ग्रामिण पहुच कार्यक्रम (¥याप–थी्र) ले बेलायत सरकारको आर्थिक तथा प्राविधीक सहयोगमा मुगु जिल्लाको चंखेली देखि हुम्ला जिल्लाको देउली सम्म निमार्ण सम्पन्न गरेको सडक खण्ड शनिबार एक कार्यक्रमका विच कणाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

    हुम्ला जिल्लाको चंखेली गाँउपालिका वडा नं १ बोहोरा गाँउमा रहेको चंखेली आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा गा्रमिण पहुच कार्यक्रम मुगु हुम्ला लिङ्क रोडका टिम लिडर विष्णुराम विष्टले कणाली प्रदेश सरकार अन्तरगत भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालय,पुर्वाधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख देवी ऐडीलाई निमार्ण सम्पन्न भएको ३० किलोमिटर उक्त सडक हस्तान्रण गर्नुभएको थियो ।
    ग्रामिण पहुच कार्यक्रमले मुगु जिल्ला सदरमुकाम गमगढी देखि हुम्ला जिल्लाको देउलीसम्म कुल ६७ किलोमिटर सडक निमार्ण सम्पन्न गरेपनि मुगु खण्डको ३७ किलो मिटर सडक मध्य गमगढी–दर्खे २६ किलोमिटर र दर्खे–चंखेली ११ किलोमिटर सडक कणाली प्रदेश सरकारलाई हस्तान्रण गरिसकेको थियो ।
    गमगढी देखि देउलीसम्म सडक निमार्ण सम्पन्न हुदासम्म १ अर्ब ५७ करोड ८८ लाख ४६ हजार ८३३ लागत लागेको,यो लागतलाई प्रति किलोमिटरमा हेर्दा प्रतिकिलोमिटर २ करोड ३५ लाख ६४ हजार ८७८ लागत खर्च भएको बताईएको छ ।
    जिल्लागत खर्च हेर्दा मुगु खण्डको ३७ किलोमिटर सडकमा ८७ करोड १९ लाख ५१८ रुपयाँ र हुम्ला तर्फको ३० किलोमिटरमा ७० करोड ६९ लाख ४६ हजार ३६६ रुपयाँ खर्च भएको छ ।
    अर्ध मेसिनरी र पुर्ण जनताको सहभागितामा निमार्ण भएको यो सडक निमार्ण गर्दा ४,८२,२५३ पुरुष र ३,२३,३२७ जना महिला गरि कुल ८०५५८० जना जनशक्ति खटिएको थियो ।
    सडकको मापदण्ड पुर्णरुपमा पालना गरेर निमार्ण सम्पन्न गरेको यो सडक हस्तान्तरण पछि सरकारको व्यवास्ताका कारण मर्मत सम्भार नभएर जिर्ण हुदै जाने हो कि भनेर आफुहरु चिन्तित भएको र अव कणाली प्रदेश सरकारले सडक नियमित सुचारु गर्न मर्मत सम्भारमा बजेर र जनशक्तिको नियमित व्यवस्था गर्नु पर्ने चंखेली गाँउपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी धनलाल चौलागाईले बताउनु भयो ।
    ग्रामिण पहुच कार्यक्रमले बनाएको मुगु–हुम्ला लिङ्क सडकको गुणस्तर देख्दा आफुमा खुशीको सिमा नै नरहेको र यो सडकको गुणस्तर कायम राखि राख्न प्रदेश सरकाररले आवश्यक काम गर्ने र त्यसकोे लागी आफनो मन्त्रालयले कणाली प्रदेश सरकारलाई आवश्यक योजना पेश गर्ने कणाली प्रदेश सरकारका तर्फबाट भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रतिनिधी तथा विषेश अतिथी विषेश शर्माले प्रतिवद्घता गर्नुभयो ।
    सडक बनेर गाडी चल्न शुचारु भएकोले आफुहरु खुशीले गदगद भएको र अब औषधी उपचार गर्न,गाँउघरमा उत्पादित फलफुल,अन्न,जडिवुटी विक्री गर्न मुगु सदरमुकाम गमगढी,हुम्ला सिमिकोट लगायत देशका विभिन्न शहरमा जान सहज भएको चंखेली गाँउपालिका वडा नं १ रिमीका स्थानिय भियाल्ली ऐडीले भन्नुभयो सडक बनाउदा गाँउका मान्छेले रामो्र कमाई गरेका थियौ,भारत कोही जानु परेको थिएन ।
    अर्कि स्थानिय कालि ऐडीले ग्रामिण पहुच कार्यक्रमले बराबर ज्याला दिएको बताउदै गाँउमा केहि विकासका कार्यक्रम भए महिला,बालबालिका,युवा र जेष्ठनागरिक गरि कामको ज्यालामा मदभेद गनुे गरेका थिए तर यो सडक बनाउदा कामको आधारमा ज्याला दियो हामीले पुरुष भन्दा रामो्र कमाएको सुनाउनु भयो ।
    सडक निमार्ण सम्पन्न भै कणाली प्रदेश सरकारलाई हस्तानतरण भएपनि मुगु–हुम्ला सडकमा पर्ने लुम खोला,दर्खे खोला,लेवा्र खोला र मेल्छाम खोलामा साना पुल बनाउने कार्य सम्पन्न नभएकाले यी पुल निमाण भने ग्रामिण पुहच कार्यक्रमले गनेछ ।
    गा्रमिण कार्यक्रम मुगु हुम्ला लिङ्क रोडका टिम लिडर विष्णुराम विष्टको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा चंखेली गाँउपालिकाका अध्यक्ष धनलाल प्रमुख अतिथी,भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालयका विषेश प्रतिनिधी विषेश शर्मा विशेष अतिथी,¥याप थ्रिका टिमलिडर क्रिस्टिन म्यारीलिज विशिष्ट अतिथी,मुगु जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत विशेष अतिथी र अतिथीको रुपमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सुवास हमाल,पत्रकार महासंघ मुगुका सस्थापक अध्यक्ष विनोद कुमार मल्ल , पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहनदुर मल्ल, शसस्त्र प्रहरी बल नं ४५ का प्रहरी नायव उपरिक्षक खुम बहादुर केसी,¥याप थ्रि डिपुटी टिम लिडर राम थपलिया,पुर्वाधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख देवी ऐडी उपस्थित हुनुहुन्थ्यो ।

     

     

    प्रतिक्रिया दिनुहोस