आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

राजकुमार खड्का बने प्रथम नगर आईडलको विजेता

  • रारा रैबार
  • २०७९ बैशाख १, बिहिबार मा प्रकाशित
  • ८९७ पटक पढिएको
  • मुगु : राजकुमार खड्का प्रथम नगर आईडलको बिजेता बनेका छन् । बिहिबार भएको फिनालेबाट राजकुमारले प्रथम नगर आइडलको टाइटल जित्न सफल भएका हुन् । ७६ जना प्रतिस्पर्धीबाट आफुलाई अब्बल साबित गर्दै विभिन्न राउन्ड पार गर्दै उत्कृष्ट ५ मा पुगेका राजकुमार खड्का दिपिका कार्की, मिलन कुमार बिसि, सुनकिसरा बिक,सुस्मा शाही, मध्येबाट सबैभन्दा धेरै जनताको भोट प्राप्त गर्दै राजकुमार प्रथम नगर आइडल बन्न सफल भएका हुन् ।

    यसैगरी फस्ट रनरअप दिपिका कार्की र सेकेन्ड रनरअप मिलन कुमार बिसि बन्न सफल भएका छन्। पश्चिमी सस्कृतिको बिकास संगै स्थानीय देउडा भाका लोप हुदै जान थालेकाले स्थानीय देउडाको संरक्षण र सम्र्वधन गन छायाँनाथ रारा नगरपालिकाको आयोजनामा देउडा विधाको प्रथम नगर आईडल गत बर्ष बाट सुरु भएका थियोे ।

    प्राचिक सस्कृतिलाई बचाईराख्न स्थानीय सरकारको पनी महत्वपुर्ण भुमिका हुने भएकाले छायाँनाथ रारा नगरपालिकाको आयोजनमा नगर आईडल सञ्चलन भएको थियोे । सामाजिक सञ्चालको बढ्दो बिकास संगै पुरानो सस्कृति नयाँ पुस्तामा हस्तान्तण हुन सकेको छैन ।

    यस्ता कार्यक्रम मार्फत नयाँ पुस्तामा पुरानो सस्कृतिका बारेमा जानकारी हुनुका साथै पुराना लोक देउडा सस्कृतिक लाई संरक्षण गर्न सम्बर्धन गर्न र बचाई राख्न प्रेरेरित हुने भएकाले यस कार्यक्रमको शुरुवाती गरेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले बताए ।

    ३० हजार र गित रेकड्को ब्याबस्था
    नगर आईडल २०७७ को बिजेता हुने राजकुमार खड्का लाई पोत्साहन स्वरुप ३० हजार पुरुस्कार प्रदान गरिएको छ  भने नगरपालिकाले गित रेकड्को ब्याबस्था गरिएको छ । द्रोस्रो हुने दिपिका कार्काी लाई २० हजार तेस्रो हुने मिलन बिसी लाई १० हजार तथा सान्तोना हुने सुनकीसरा बिकलाई ५ हजार  पुरुस्कारकार प्रदान गरिएको छ ।

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस