आज: २०८० चैत्र १५, बिहिबार
ePaper
होमपेज /  Breaking News

मुगु समाजवादिले लगायो उम्मेदारी टुङ्गो , नगरपालिका नगर प्रमुखमा मल्ल

  • रारा रैबार
  • २०७९ बैशाख ८, बिहिबार मा प्रकाशित
  • १४४२ पटक पढिएको
  • मुगु आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एकिकृत नेपाल कम्युनिष्ट पार्टी समाजवादीले मुगुमा उम्मेदवारी टुङ्गो लगाएको छ । छायाँनाथ रारा नगरपालिका नगर प्रमुखकोे निर्वाचनका लागि एकिकृत नेकपा समाजवादि बाट पारस मणी मल्ललाई उम्मेदवार बनाउने निर्णय भएको र सोरु गाउँपालिकामा धर्म बहादुर शाहीलाई उम्मेदार बनाउने निर्णय भएको नेकपा समाजवादी जनाएको छ ।

    खत्याड गाउँपालिका र मुगुमकामारोगँ गाउँपालिकामा आँकाक्षीको मुल्याङकनका आधारमा उम्मेदावारी टुङ्गो लगाईने छ । त्यस्तै छायाँनाथ रारा नगरपालिकामा उप प्रमुखको लागि कुञ्जुमा कुमाई,नेता प्रसाद चौलागाइर्, विरेन्द्र बहादुर मल्ल,ईन्द्रिया हमाल, मल्ल र शिवलक्ष्मी मल्लको नाम सिफारिस गरिएको र मुगुमकामारोगँ गाउँपालिकामा अध्यक्ष कार्मा लामा, उपाध्यक्ष छिरिगं डोल्मु लामा,छोटिक लामाको नाम सिफारिस गरिएको छ ।

    त्यस्तै खत्याड गाउँपालिकामा अध्यक्षमा जयानन्दी रावल, उपाध्यक्षमा अर्मराज शाही र धनसिहं रोकायाको नाम सिफारिस गरिएको एकिकृत नेपाल कम्युनिष्ट पार्टी समाजवादीका सचिव पारसमण्ी मल्ले जानकारी दिनुभयो ।
    उनका अनुसार एकातिर पाँचदलिय गठबन्धन भएर जाने निर्णय भएको बताउदै यदि गठबन्दन भएका उम्मेदवारको हेरफेरका आधारमा गठबन्दन संग मिलेर जाने सचिव मल्लले बताए ।

    प्रतिक्रिया दिनुहोस