आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

कर्णालीकी भान्जी नेहारीका जिताऔँ अभियान

  • रारा रैबार
  • २०८० बैशाख २१, बिहिबार मा प्रकाशित
  • ५५३ पटक पढिएको
  • हाम्रो रारा रैवार संवाददाता
    बैशाख २१ मुुगुु
    चर्चित नेपालको रियालिटी सो ‘द भ्वाइस अफ किड्स सिजन टु’की प्रतिस्पर्धी नेहारिका खड्का जिताऔं अभियान मुुगुुमा सुुरु भएको छ ।
    झापा बिर्तामोड नगरपालिका–३ चारपाने घर भएकी नेहारीका खड्का ‘द भ्वाइस अफ किड्स सिजन टु’ टिम सुुशान्त कोजकी प्रतिस्पर्धी हुन ।
    खड्का लाई जिताउँन भोटको लागी बुधबार मावली जिल्ला मुुगुुमा पत्रकार सम्मेलनको आयोजन गरेर कर्णालीकी भान्जी जिताऔँ अभियान थालिएको छ ।

    मावली घर मुगुको खत्याड गाउँपालिका–११ लुई रातापानी घर भई आमा प्रतिभा कार्की,खड्का बुबा नेत्र खड्का की ८ वर्षीया छोरी नेहारिका खड्का हिमालय टेलिभिजन बाट हरेक शुक्रबार राति प्रशारण हुने चर्चित नेपालको रियालिटी सो ‘द भ्वाइस अफ किड्स सिजन टु’को सेमिफाइनल प्रवेश गरेकि छन ।खडुका उपाधि नजिक पुुगेकाले उनलाई उपाधि दिलाउन जिल्ला जिल्लामा नेहारीका खड्का जिताउँ अभियान थालिएको जनाईएको छ ।

    मुगुवासीले कर्णालीकी भान्जी जिताऔं अभियान सुरु गरेर नेहारिका मुगुको मात्र भान्जी नभई समग्र कर्णालीकै भान्जीको रुपमा हेरेर ‘नेहारिका खड्का लाई भोट दिन कर्णाली बासी लाई आग्रह गरिएको छ ।

    कर्णालीकी भान्जी जिताआँै अभियान’ सुरु गरेर नेहारिकालाई उपाधि दिलाउन मुगुमा एमाले, कांग्रेससहित अन्य राजनीतिक दल, सामाजिक संघसंगठन सक्रिय हुँदै नेहारिकाको पक्षमा भोट माग्न सुुरु गरिएको नेकपा एमाले जिल्ला कमिटिी सदस्य मदन बाँनियाले बताए ।
    नेहारीका लाई भोट गर्न खल्ती एफमा गई ‘द भ्वाइस अफ किड्स सिजन टु’को टिम सुुशान्तमा क्लिक गरी नेहारीका खड्का लाई भोट गर्न सक्नुहुने् छ ।

    प्रतिक्रिया दिनुहोस