आज: २०८० चैत्र १५, बिहिबार
ePaper
होमपेज /  Breaking News

दक्ष जनशक्ति, औषधी अभावले थलियो मुगु अस्पताल

  • रारा रैबार
  • २०८० बैशाख २८, बिहिबार मा प्रकाशित
  • ६७ पटक पढिएको
  • हाम्रो रारा रैवार संवाददाता
    बैशाख २८ मुगु
    मुगु जिल्लाको एक मात्र अस्पताल जिल्ला अस्पतालमा मुुगुुमा औषधि अभाव,दक्ष जनशक्ति नहुदाँँ अस्पताल आफै थलिएको छ । १५ सैय्याको एक मात्र अस्पतालमा औषधीको अभाव र दक्ष प्राविधिक जनशक्ति नहुँदा अस्पताल आफै थलिएको हो । सरकारले ९८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउने भएको भएपनि जिल्ला अस्पताल मुुगुुमा त्यो औषधी उपल्ध छैन । सामन्य औषधी नपाउदाँ बिरामी निजि मेडिकल बाट महंर्गो खर्चेर किन्न बाध्य भएका छन । २०६३ साल फागुुन ११ गते प्रथामिक सेवा केन्द्र बाट स्तरवृद्धि गराई मुगुमा एउटा १५ शैय्याको सरकारी अस्पताल बनाईएको भएपनि अस्पातलको अवस्था नाजुक जस्तै छ ।

    यस अस्पतालमा उपचारका लागी मुुगुु जिल्ला भरीका र केहि हुम्लाका बिरामी यो अस्पतालमा आउने गरेका भएपनि औषधी अभाव, एक्सरे मेसिन लगायतका अन्य अत्याधुनिक उपकरण सञ्चालनमा नआउदाँ बिरामी मर्कामा पर्ने गरेका छन ।

    छायाँनाथ रारा नगरपालिका १३ लुमका गोविन्द्र विक छोराको खुुटमा चोटपटक लागेपछी उपचारको लागी अस्पताल आएका भएपनि अस्पतालमा एक्सरे मेसिन सञ्चालनमा नहुदाँ छोराको चोटपटक कत्तिको छ ,उपचार यहाँ हुन्छ हुदैन अन्योलमा छन । छोराको उपचार गर्न बाहिर जिल्ला लिउ पैसा छैन । यहाँ उपचार गर्ने कुनै वातावरण छैन के गरौ पैसा अभावले अन्योलमा परेको र्सोय दैनिक लाई सुनाए ।

    मौसम परिवर्तनको प्रभावले अहिले अस्पतालमा बिरामीको चाप बढेको छ । तर, मुगु अस्पताल र यहाँका बिरामीका विषयमा कसैले चासो दिएका छैनन् अस्पतालमा औषधीको पनि उत्तिकै अभाव छ । सामान्य औषधी अभाव बिरामी निजि मेडिकलमा महंगो खर्चे औषधी किन्न बाध्य छन ।कर्णाली प्रदेश सरकार मातहतमा रहेको जिल्ला अस्पताल मुुगुुमा प्रदेश सरकारकै व्यवास्ता का कारण यस्तो समस्या भएको देखिन्छ ।

    विशेषज्ञ सेवाका लागी उपलब्ध अक्सिजन पाल्नट,थाईराईड चेक मेसिन,एक्सरे मेसिन लगायत अन्य आवश्यक मेसीन प्रयोगविहिन हुदाँ चिकित्सकहरु लाई पनी उपचारमा समस्या भएको जिल्ला अस्पताल मुुगुुका चिकित्सक डा रविन्द्र भट्राईले बताए ।जिल्ला अस्पताल मुुगुुमा विशेषज्ञ चिकित्सक ३ जना र चार जना मेडिकल अधिकृतको दरबन्दि छ । तर अहिले एक जना विशेषज्ञ चिकित्सक एमडि जिपि र अन्य मेडिकल अधिकृतको भरमा अस्पताल संचालन भइरहेको छ ।

    दक्ष प्राविधकको समस्याका कारण उपचारका लागी मुगु जिल्ला र हुम्ला जिल्लाका दर्जनौ वस्तीका नागरिक अस्पतालबाट पाउर्ने विशेषज्ञ सेवाबाट बञ्चित भएका जिल्ला अस्पता मुुगुुका निमित्त कार्यालय प्रमुख भुवन पुुरीले बताए ।यहाँ कोरियाली सहयोग एजेन्सी कोइकाले सुविधा सम्पन्न भवन निर्माण गरेको छ । अन्य संस्थाको सहयोगमा विभिन्न उपकरण पनि अस्पतालमा ल्याइएको छ ।

    तर, उपकरण संचालन गर्ने विशेषज्ञ नहुँदा स्थानीय सेवा लिन नेपालगञ्ज, जुम्ला, सुर्खेत र भारतसम्म पुग्न बाध्य भएका नागरिक समाजका अध्यक्ष रुप बहादुर मल्लले बताए ।संविधानमा मौलिक हकका रुपमा उल्लेख भएको स्वास्थ्य सेवाको हकबाट मुगुका नागरिक बञ्चित छन् । यससँगै निःशुल्क औषधिसमेत यहाँ पुग्ने गरेको छैन । जसका कारण यहाँका नागरिकले महँगो रकममा निजी फार्मेसीबाट औषधि किन्नु परिरहेको गुुनासो गर्ने गरेका छन

    प्रतिक्रिया दिनुहोस