आज: २०८१ माघ ३०, बुधबार
ePaper
होमपेज /  Breaking News

जिल्ला अस्पतालमा उपचार गर्न कठिनाई

  • रारा रैबार
  • २०७४ जेष्ठ २६, शुक्रबार मा प्रकाशित
  • ४८७ पटक पढिएको
  • जेठ २६ मुगु जिल्ला अस्पतालको पुरानो भौतिक संरचना भत्काएर नयाँ संरचना निर्माण कार्य सुरु भए पछि ठाँउ साँघुरो हुँदा विरामीको विरामीको चाप वढ्ने समयमा उपचारमा समस्या उत्पन्न भएको छ । कोरियन अन्तराष्ट्रिय सहयोग नियोग कोईकाले ४० करोड बढिको लागतमा जिल्ला अस्पतालको भौतिक संरचना निर्माण गर्ने भए पछि अहिले पुरानो संरचना भत्काउदा केही सिमित भवनमा सेवा प्रवाह हुन थाले पछि ठाउँ नपुग्दा उपचार सेवामा समस्या आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एउटा भवनमा विरामी चेकजाँच हुने गरेको छ भने औषधी भण्डार रहेका दुईवटा हलमा एउटामा प्रसुती सेवा र अर्कोमा भर्ना भएका विरामी कोचाकोच गरि राखिएको छ । जिल्ला स्वास्थ्यको दैनिक प्रशासनिक कार्य निजी घर भाडामा लिएर सञ्चालन गरिए पनि दैनिक आउने विरामी र भर्ना भएका विरामीलाई एउटै कोठामा उपचार गर्नु पर्ने बाध्यता रहेको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालमा ठाउँ अभाव हुँदा आकस्मिक स्वास्थ्य सेवा , शल्यक्रिया सेवा र प्रसुति सेवा प्रवाह गर्न असहज भई रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख डाक्टर जितेन्द्र कँडेलले जानकारी दिए । पन्ध्र शैयाको जिल्ला अस्पताललाई पच्चिस शैयाको बनाउने गरि नयाँ भौतिक संरचना निर्माण सुरु भए पछि विरामीलाई स्वास्थ्य उपचार सेवा प्रवाह गर्न असहज भएको कँडेलको भनाई छ । यो वर्षा समय विरामी अत्याधिक बढ्ने समय भएको र दैनिक विरामीको संख्या पनि बढि रहेकाले विरामीलाई राख्ने ठाउँको अभाव भई रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस