०१ असार , मुगु , केयर नेपाल को आर्थिक सहयोग र पुन निर्माण तथा अनुसन्धान बिकास केन्द्र (आरआरडिसी) मुगुको सझेधारी मा सञ्चालित अवसर परियोजना अन्र्तगत आज जिल्ला सदरमुकाम गमगढीमा बालमैत्री शिक्षण क्रियाकलाप सम्बन्धित ३ दिने शिक्षक कार्यशाला शुरु भएको छ । आज कार्यशालाको शुरुवात गर्दै शिक्षा बिभागका सह–सचिव मित्रनाथ गड्तौलाले आजबाट शूरु भएको कार्यशालाले शिक्षकहरुमा बालमैत्री क्रियाकलापहरुमा बृद्धि गराई शिक्षण स्तरमा माथी उतार्न सहयोगी बन्न सहभागि शिक्षकहरुलाई आग्रह गरे ।
उनले भने ‘मुगुमा बिचमै बिद्यालय जान छोड्ने बिद्यार्थीहरुको संख्या धेरै छ भन्ने हामी सुन्छौ, अब शिक्षक साथीहरुले त्यसको अन्त्य गर्दै बिद्यार्थीहरु निरन्तर रुपमा बिद्यालय गईराख्ने र लामो समयसम्म पढाई निरन्तरता दिने अनुकुल बातावरण सिर्जना गर्नुपर्छ ।’ आजबाट शुरु भएको सो कार्यशालाका जिल्लाका बिभिन्न स्थानिय तहहरुका १५ वटा बिद्यालयहरुका झण्डै २० जना शिक्षकहरुको सहभागिता रहेको छ । शिक्षकहरुका बिचमा बालमैत्री शैक्षिक क्रियाकलापका राम्रा तथा नराम्रा अनुभवहरुमा छलफल गरि कसरी अझ प्रभावकारी बालमैत्री सिकाईका क्रियाकलाप सञ्चालन गर्न सकिन्छ ? भन्ने बिषयमा निचोड निकाल्ने र सिकाईलाई अझ प्रभावकारी बनाउन सहयोग गर्नका लागी कार्यशालाको आयोजना गरिएको अवसर परियोजनाले जनाएको छ । कार्यशालामा बिभिन्न २ श्रोतकेन्द्रका श्रोतव्यक्तिहरु पुर्णदिप कडेँल र बिष्णुहरी ढुगांनाले शिक्षकहरुसगँ सहजिकरण गर्नुहुनेछ । कार्यशालाको उद्धघाटमा बोल्दै जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमालले पनी शिक्षा को स्थिती सुधारमा महत्वपुणै भुमिका शिक्षककै भएकाले आफुहरुले कार्यशालामा सिकेका कुराहरुलाई आफ्नो बिद्यालयमा फर्केर व्यवहारमा उतार्न अनुरोध गर्नुभएको थियो । उद्धघाटन कार्यक्रम शत्रको समापनमा बोल्दै सामुदायिक रेडियो मुगु एफ एम १०७ थोप्लो ४ मेगाहर्जको मातृ संस्था पुनंनिर्माण तथा अनुसन्धान बिकास केन्द्र (आरआरडिसी) का अध्यक्ष तिलक बहादुर मल्लले पनी शिक्षकहरुलाई शिक्षामा परिवर्तनका बाहक भनेका शिक्षक नै भएकाले नहिच्किचाई अघि बढ्न आग्रह गर्नुभयो ।
उहाँले मुगुबासीलाई सामुदायिक रेडियो सुनाउन जन्मेको आरआरडिसी स्वास्थय, शिक्षा, कृषी, बिकास निर्माण तथा अन्य क्षेत्रहरुमा फैलिएकाले शिक्षामा परिवर्तनका लागी आफुहरु तयार रहेकोमा जोड दिनुभयो । बिद्यालयहरुलाई नमुना र प्रभावकारी शिक्षाको थलो बनाउनका लागी बिद्यालयलाई परेका आवश्यक्क्तालाई जिल्ला शिक्षा कार्यालय मार्फत आरआरडिसी सम्म आउन अनुरोध पनी गर्दै सो पुर्तिका लागी सम्बन्धित निकायमा सबैको सक्रियता बढाउने बिश्वास समेत व्यक्त गर्नुभएको थियो । आजबाट शुरु भएको कार्यशाला आगामी शनिबार असार ३ गते सकिने अवसर परियोजनाका सयोजक शिवचन्द्र कार्किले जानकारी दिनुभयो । स्रोत http://www.karnalionline.com
प्रतिक्रिया दिनुहोस