आज: २०८१ कार्तिक २५, आईतबार
ePaper
होमपेज /  Breaking News

छाउपडी प्रथा समाजको ठुलो चुनौति बनेको सरोकारवालाको भनाई

  • रारा रैबार
  • २०७४ श्रावण ६, शुक्रबार मा प्रकाशित
  • २३५ पटक पढिएको
  • ०६, साउन,मुगु
     मुगु जिल्लामा छउपडी प्रथा उन्मुलन गर्न बिभिन्न निकायहरु यति बेला सक्रिय बनेका छन् । महिला तथा बालबालिका कार्यालय, सोरु गाउँपालिका, हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगु, किर्डाक नेपाल तथा अन्य बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालहरु यो अभियानमा जुटेका हुन । महिला तथा बालबालिका कार्यालयका निमित्त कार्यालय प्रमुख कृष्णा चन्दका अनुसार, महिला तथा बालबालिका कार्यालय मुगुले यो आर्थिक बर्षमा छाउपडी प्रथाका कार्यक्रमलाई प्रथामिकतामा राखि जिल्लाभर कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुभयो । 
    त्यस्तै भरखरै मात्र सम्पन्न भएको स्थानिय तहको निवार्चनमा नेकपा एमाले बाट प्रतिनिधित्व गर्दै सोरु गाउँपालिकाको उपाध्यक्षमा निबार्चित हुनु भएकी राज्यलक्ष्मी मल्लले पनि छाउपडी प्रथा उन्मुलन गर्ने खाले योजनालाई प्राथामिकतामा राखि अगाडि बढ्ने जानकारि दिनुभयो । उहाँका अनुसार मुगु जिल्लाको सबै भन्दा बढि छाउ प्रथा मान्ने गाउँपालिका सोरु गाउँपालिका भएको हुनाले यसलाई न्यूनिकरण गर्न केहि चुनौती भए पनि त्यस्ता चुनौतिलाई अवसरको रुपमा ठानि छाउपडी प्रथालाई न्यूनिकरण गर्ने प्रमुख लक्ष्य रहेको बताउनु भयो । 
    यस्तै मुगु जिल्लामा रहेको गैर सरकारी संस्था हिरिसडेकले पनि बिभिन्न गाउँ पालिकाहरुमा निगरानि समितिहरु बनाई त्यहाँका महिलाहरुलाई जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको हिरिसडेककी छाउपडी प्रथा उन्मुलन तथा मानब अधिकार परियोजनाकी अधिकृत सञ्जु तिमिलसेनाले जानकारी दिनु भयो ।
     उहाँले भन्नु भयो, यस्तो अन्तरक्रियामा स्वंयम धामि झाँक्रिलाई पनि सहभागिता गराईने भएको हुनाले छाउपडी प्रथा न्यूनिकरणमा केहि सहज हुने आसा लिएका छौ । भर्खरै मात्र दैलेखमा भएको जस्तै घटना नघटोस भनेर महिला तथा महिलासंग सरोकार राख्ने सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालयहरुले यस्तो कदम चालेका हुन ।समाजले रुढिवादी परम्परा र धार्मिक परम्परालाई बढि मान्यता दिने भएका कारण छाउपडि प्रथाले बढि प्रोत्साहन पाएको तथा जिल्लामा छाउपडी प्रथा महिला हिंसाको प्रमुख कारण समेत बनेको महिला बिकास कार्यालय मुगुले जानकारी दिएको छ । मुगु जिल्लामा हालसम्म महिलाहरु महिनावारी भएको बेला खासै कुनै अप्रिय घटना घटेको नभएता पनि महिला छाउ गोठमा बस्दा उनिहरुमा निम्तिन सक्ने खतरा र  विभन्न खाले समस्या नपरोस भन्ने नेपाल सरकारको लक्ष्य रहेको  महिला तथा बालबालिका कार्यालयकी  निमित्त कार्यालय प्रमुख कृष्णा चन्दको भनाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस