०६ साउन,मुगुजिल्लामा विभिन्न विधामा योगदान पु¥याउने ब्यक्ति र सामाजिक संस्थालाई जिल्ला युवा समितिले शुक्रवार सम्मान तथा पुरस्कृत गरेको छ ।
राष्ट्रिय युवा परिषद नेपालको बार्षिक कार्यक्रम अनुसार समितिले युवा प्रतिभा पहिचानका लागि आवेदन गरेको थियो । दर्ता हुन आएका आठ वटा मध्य तिन जनालाई उत्कृष्ट छनौठ गर्दा गायन तर्फ उत्कृष्ट योगदान दिने जयसिंह कुमाईलाई नगद ४ हजार, कविता तर्फ सम्झना नेपालीलाई ४ हजार, अभिनय तर्फ हिराबिजुली नेपालीलाई चार हजार पुरस्कार प्रदान गरेको छ भने गायन तर्फ प्रोत्साहन स्वरुप स्वस्तिका शाहीलाई नगद दुई हजार प्रदान गरेको छ ।
शुक्रवार समितिले युवा प्रतिभा तथा उद्यमको खोजीका लागि संस्थाका तर्फबाट पेश गरिएका आठ वटा सामुदायिक संस्था मध्य तिन वटालाई पुरस्कृत गरेको छ भने एउटालाई प्रोत्साहन प्रदान गरेको छ । बातावरण संरक्षण तथा दिगो विकासका क्षेत्रमा योगदान दिउको भन्दै पुर्न निर्माण तथा अनुसन्धान केन्द्रलाई सात हजार, कला, संस्कृति र साहित्य सिर्जना तर्फ कर्णाली थियटर मुगुलाई छ हजार र कृषि जडिबुटी लघु वन पैदावर तर्फ भवानी जनहित विकास केन्द्रलाई पाँच हजार पुरस्कार प्रदान गरिएको जिल्ला युवा समितिका कार्यालय प्रमुख जवाहरलाल हमालले जानकारी दिए । विज्ञान तथा सुचना प्रविधी र सञ्चारमा योगदान दिएको भन्दै ईन्टर सफ्ट प्रालि मुगुलाई प्रोत्साहन स्वरुप नगद तिन हजार प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस