आज: २०८१ आश्विन २२, मंगलबार
ePaper
होमपेज /  Breaking News

मासु चाख्ने क्रममा अड्किएर एकको मृत्यु

  • रारा रैबार
  • २०७५ अषाढ ९, शनिबार मा प्रकाशित
  • २९० पटक पढिएको
  • असार ९ रारा रैवार मुगु
    नुवाकोट बिहे भोजमा मासु चाख्ने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ ।बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किदा विदुर नगरपालिका वडा नम्बर १३ का ६० वर्षीय होमबहादुर कोइरालाको आज मृत्यु भएको हो ।
    आफन्तको बिहेमा गएका कोइरालाको भोजमा मासु खाँदा अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिएका छन् ।

    चाख्ने क्रममा मासुको हाड घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि त्रिशूली जिल्ला अस्पताल लागिएको थियो तर अस्पताल लाने क्रम
    मा कोइरालाको बाटामै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस