डाक्टर केसीको १५ औ सत्याग्रहको दोस्रो दिन हस्ताक्षर संकलन देखी कालो पट्टी बाधेर विरोध
रारा रैबार२०७५ अषाढ १८, सोमबार मा प्रकाशित९७० पटक पढिएको
शुभाकर विश्वकर्मा, जुम्ला
असार १८ जुम्ला चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसीको अनशनको दोस्रो दिन आज पनि जारी रहेको छ । पहिले दिन प्रहरीको प्रक्राउ पछि प्रहरी कार्यालय मै अनसन शुरु गर्नु भएका केसीलाई प्रहरीको कवर्डहलमा लिएर छाडेको थियो । कवर्डहलको खुल्ला भुईमा राखिएका केसीको सुत्ने देखी कपडा र अन्य व्यवस्थामा भने प्रक्राउ गरेर अलपत्र छाडेको प्रहरीको ध्यान जन भने सकेन । उहाँको पहिलो रात अन्धकारमै बितेको थियो ।
डा. केसीका भाई किशोर केसीले अनशनरत स्थान कवर्डहलमा वत्तिको व्यवस्था नभएकाले अध्यारोमा नै अनशन थाल्नु परेको बताउनु भयो । उहाँले भन्नु भयो । ‘बत्तिको व्यवस्था पनि छैन, अध्यारोमा बस्न निकै कठिन छ।’ अनशनस्थलमा विजुली बत्तिको व्यवस्था गरिदिन उहाँले मग गर्नु भएको छ । ‘ठुलो कवर्डहलमा पानी चुहिन्छ, चिसो एकदम बढी छ, लुगा कपडाको व्यवस्था पनि छैन, डा. केसी जाडोले कापी रहनुभएको छ,’भाई केसीले बताउनु भएको छ । ‘यस्तै अवस्था रहे उहाँको स्वास्थ्यमा छिट्टै समस्या आउनेछ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनशन थाल्ने योजना बनाएका डा. केसीलाई जुम्ला प्रशासनले निषेध गरेपछि जिल्ला खेलकुद विकास समितीको कभर्ड हलमा सारिएको हो। डा. केसी अनशन बस्न लाग्दा शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालय जुम्ला परिसरबाट प्रहरीले पक्राउ गरेको थियो । चिकित्सा शिक्षा विधेयक मेडिकल माफियाको पक्षमा आएको भन्दै सच्याउन माग गर्दै डा. केसीले जुम्लामा अनशन सुरु गर्नु भएको हो । जिल्ला प्रशासन कार्यालय जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको दुई सय मिटर वरपरसम्म अनशन गर्न नदिने भन्दै निषेधित क्षेत्र घोषणा गरेको छ। प्रध्यापक डा. केसीको समर्थनमा जिल्लास्थित नागरिक समाज, राजनीतिक अगुवाले साथ दिएका छन्।
केसीको १५ औ सत्याग्रहको समर्थनमा आज हस्तक्षार संकलन
प्रध्यापक डाक्टर गोविन्द केसीको १५ औ सत्याग्रहको समर्थनमा आज हस्तक्षार संकलन गरिएको छ । डाक्टर केसीको मागलाई समर्थन जनाउदै राज्यलाई गर्दै नागरिक समाज जुम्लाको अगुवाइ हस्ताक्षर अभियान गरिएको हो । कृष्णमन्दिरको अगाडी गरिएको हस्ताक्षर अभियान र केसीको सत्याग्रह प्रति जुम्ला बासीको उत्साह देखिएको छ । जुम्ला बासीले राज्यको दमन विरुद्ध गरिएको सत्याग्रहको पक्षमा वकालत गर्ने बताएका छन् । आज दिउसो बाट शुरु गरिएको हस्ताक्षर संकलनमा आज करिब ६सय वढि जुम्ला बासीले हस्ताक्षर गरेका हुन् । सरकारको ध्यानाकर्षणको लागि हस्ताक्षर अभियान गरिएको नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले आफ्ना मागको स्वतन्त्र पुर्वक विरोध गर्न पाउने अधिकार राज्यले कन्ठित गर्न खोजेको सत्याग्रहको समर्थन गर्दै हस्ताक्षर अभियान गरिएको बतउनु भयो । उहाँले केसीको समर्थनमा आगामी थप दवावका कार्यक्रम गर्ने बताउनु भएको छ । सत्याग्रहलाई साथ दिन हस्ताक्षर गर्नु भएका डाक्टर केसीका समर्थक तथा चन्दननाथ नगरपालिका मिचा गाउँका स्थानिय मान बहादुर रावलले केसीको अनसन जायज भएको भन्दै आफ्नो नैतिक समर्थन रहेको बताउनु भएको छ । राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्नु एक सच्चा नागरिकको कर्तव्य हुने उहाँको भनाई छ ।
कालो पट्टी बाधेर प्रहरी प्रशासनको कदमको विरोध
यस्तै,,स्वतन्त्र रुपमा बोल्न पाउने नागरिकको सार्वभौम अधिकार माथि राज्यले अकुश लगाएको विरोधमा आज चार घण्टा कालो पट्टी बाधेर विरोध गरिएको छ । नागरिकको स्वतन्त्रता माथि प्रहरी र प्रशासनको कदम विरुद्ध कालो पटट्ी बाधेर विरोध जनाईएको हो । हिजो डाक्टर केसीको अनसनको पहिलो दिन समर्थन गर्न पुगेका जुम्ला बासी माथि प्रहरीले दमन गरेको थियो । त्यस विरुद्ध आज दोस्रो दिन विरोध जनाइएको डाक्टर केसीको सत्याग्रहका समर्थक सरोज शाहिले बताउनु भयो । स्वन्त्रतामा अकुश लगा अधिनायक बाद स्पष्ट भएको उहाको भनाई छ । नागरिक समाज जुम्लाका सचिव समेत रहनु भएका शाहिका अनुसार कर्णाली र जुम्लाको भएके आन्दोलनलाई राज्यले दमन गर्न खोज्नु अशोभनिय भएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस