जुम्ला रारा अल्ट्रा म्याराथुनको उपाधी जुम्लाकै खेलाडीको हातमा
रारा रैबार२०७५ अषाढ २८, बिहिबार मा प्रकाशित५०७ पटक पढिएको शान्तिमाया खत्री,
असार २८ जुम्ला
जुम्ला रारा अल्ट्रा म्याराथुनको उपाधी जुम्लाकै खेलाडीले हात पारेका छन् । पूरुष र महिला दुवै तर्फको प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान जुम्लाकै खेलाडीहरुले हात पार्न सफल भए । पूरुष तर्फ दुर्गा बहादुर बुढा र महिला तर्फ सुनमाया बुढाले म्याराथुनको उपाधी हात पारेका छन ।
पूरुष तर्फ निर्धारित दुरी ५ घण्टा २० मिनेट ३९ सेकेण्डमा मा पार गर्दै दुर्गा बहादुर बुढा र महिला तर्फ ६ घण्टा ३४ मिनेट ५१ सेकेण्डमा पार गर्दै सुनमाया बुढाले उपाधी जित्नुभयो । यस्तै प्रतियोगितामा पूरुष तर्फ ५ घण्टा २८ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै जुम्लाकै धिरबहादुर बुढा दोस्रो हुनुभयो ।
महिला तर्फ राममाया बुढा दोस्रो हुनुभयो । प्रतियोगितामा जिल्ला बाहीरबाट ३६ जना खेलाडीले भाग लिएको भएपनि जुम्लाकै खेलाडीहरुले उपाधी जित्न सफल भएका हुन् । प्रतियोगिता जुम्ला सदरमुकाम देखि शुरु भई मुगुको हुटु लेकमा पुगेर टुङ्गिएको थियो ।
जुम्ला रारा अल्ट्रा म्याराथुनको रुड जुम्ला सदरमुकाम खलंगा बजारबाट २ हजार ३ सय ५० मिटर उचाईमा रहेको डाँफे लेक हुँदै, न्याउरीघाट, चौथा, र ४ हजार १७ मिटर उचाईमा रहेको चुचेमाराबाट मिलीचौर हुँदै मुगुको हुटु लेक भएर राराताल पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस