आज: २०८१ माघ ४, शुक्रबार
ePaper
होमपेज /  Breaking News

भोली २९ गते नेपाल बन्द, मुगुमा पनी बन्दको तयारी तिव्र

  • रारा रैबार
  • २०७५ श्रावण २८, सोमबार मा प्रकाशित
  • ३५९ पटक पढिएको
  • साउन २८ मुगु 

    मगु सहित देशभर भोली २९ गते नेपाल बन्दगरीने छ । नेपाल कम्युष्ट पार्टीका नेता खड्का बहादुर बिश्वकर्मा (प्रकाण्ड) लाई सरकारले विनाकारण थुनामा राखेको भन्दै नेकपाले भोली नेपाल बन्द गर्न लागेको हो । मुगुमा पनी नेपाल बन्दको तयारी तिव्रपारिएको र अन्य जिल्लामा पनी नेपाल बन्दको तयारी अन्तिम चरणमा पुगेको नेपाल कम्युष्ट पाटी मुगुले जनाएको छ । प्रकाण्ड प्रक्राउको विरोध गदै नेपाल  कम्युनिस्ट पार्टी माओवादीले  देशभरका बिभिन्न ठाउँमा विरोध सभाका कार्यक्रम गदै आएको छ । 
    नेकपाका दोस्रो दर्जाका नेता प्रकाण्ड रिहाईको माग गदै भोली मगंलबार एक दिन नेपाद बन्द गर्ने  नेकपाको केन्दीय निर्णय अनुसार मुगुमा पनी त्यसको तयारी अन्तीम चरणमा पुगेको नेपाल कम्यनिुष्ट पार्टीले जानकारी दिएको छ ।  अहिलेको सरकार  लोकतन्त्र गणतन्त्र विरोधि सरकार भएको बताउदै नेकपाका नेता तथा कार्यकर्ताले देशलाई युद्धमा धकेल्न नेपाल सरकारले खोजेकाले नेकपा नडराउने नेताहरुले बताएका छन । लोकतन्त्र,गणतन्त्र भनेको के हो थाहा नपाएकोे सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई मंगलबार काठमाडौँबाट बिनाकारण गिरफ्तार गरेको भन्दै देशका विभिन्न जिल्लामा विरोध सभाका कार्यक्रमहरु भईरहेका छन्  । 
      कम्युनिस्ट पाटीले केपी ओली– पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपाका प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्यहरु पदम राई, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यहरु टेकबहादुर, देवनारायण शाह, गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललगायत सयौं नेताकार्यकर्तालाई गिरफ्तार गरी शारीरिक तथा मानसिक यातना दिने जस्ता कार्यप्रति घोर आपत्ति जनाउँदै सम्पूर्ण राजबन्दीको बिनासर्त रिहाइको माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस