अपांगताले दिए सपांगता भएका ब्यक्तिलाइ सचेतना
रारा रैबार२०७५ चैत्र १२, मंगलबार मा प्रकाशित४८७ पटक पढिएको ![]()
दिलमाया शाही
जुम्ला चैत १२
सडक दुर्घना न्युनिकरण सम्बन्धी जुम्लाका नागरिकलाइ सचेतनाका कार्यक्रम गरिएको छ । जुम्लामा दिनप्रतिदिन बढ्दै गएको सडक दुर्घना न्युकरण गर्न राष्टीय अपांगता संस्कृतिक प्रतिष्ठान नेपालले आज जुम्लाको पुरानो बसपार्कमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सचेतना दिइएको हो।
मौलिक कला सँस्कृतिकको संरक्षण गरौ दवेको आवाज लुकेको प्रतिभाको उजागर गरौ भन्नने मुल नाराका साथ जिल्ला ट्रफिक कार्याल जुम्लाको सहजीकरणमा जनचेताना सम्बन्धी साँस्कृतिक कार्यक्रमगरिएको हो ।
प्रपुर्खोली घर गुल्मी र हालको जन्म घर रोल्पा भएका एक जना अपांगता भएका ब्यतिm सडक दुर्घना न्युनिकरणको देश दौडामा जुम्ला पुग्नु भएको छ ।नाम आकाश विरहि कान्छा भनेर आफुलाईख चिनाउने उहाले आफ्नो जिवनको पिडा परिबर्तनमा बदल्लन सफल हुनु भएको छ ।
सडक दर्घना न्युनिकरण सम्बन्धि जनचेताना जोगाउन बिभिन्न किसिमका सास्कृतिक कार्यक्रम देखाउन जुम्ला उहा ३८औ जिल्लाको रुपमा पुग्नु भएको छ ।सडक दुर्घना न्युनिकरणको अभियानमा जुटेका उहाले लागुऔषध, अपांगताको हक अधिकारको क्षेत्रमा वकालत गदै आउनु भएको छ ।
जुम्लामा पनी सडक न्युनिकरण लगायत लागुऔषध र अपाँगता भएका ब्यतिहरुले पनि आफ्नो क्षामता अनुसारको सपांगता ब्यतिmसहरा काम गर्न सक्छन भन्ने बिषयमा भिविन्न सास्कृतिक कार्यक्रम मार्फत छंलंग पारिएको छ ।
उक्त साँस्कृतिक कार्यक्रममा बाल्दै प्रमुख जिल्ला आधकारी दुर्गा बञ्जाडेले अपांगता भएका ब्यक्ति हरुले जुम्लामा आएर उदारणिय कार्य गरेको प्रति धन्यबाद दिनु भएको छ । उहाले भन्नु भयो आगामी दिनमा यस्ता खालका दुर्घना हुन नदिन लागी पर्ने बताउनु भएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरिक्षक सिताराम रिजाले भन्नु भयो दुर्घना हुन नदिनको लागी चालकले ट्रफिक नियम पालन गर्न आबश्यक रहेको छ । उहाले भन्नु भयो मानिसलाइ सवारी दुर्घनाले धेरै जसो अपांगता हुन्छन त्यसकारण सधैभरी पिडा भोग्दा बाध्य बनाउनछ ।
उहाले भन्नु भयो कतिपय नागरिक सवारी दुर्घनाले अपाँगता जिवन बिताएका छन, भने त्यो भन्दा धेरैको ज्यान गएको छ । राष्टीय अपांगता संस्कृतिक प्रतिष्ठान नेपालले तिब्रगतिमा सवारी नचाउन, पौदलयात्रीहरुलेआफ्नो साइडमा हिड्न माधक प्रदार्थ सेवन गरि सवारी नचलाउन ,आफुपनि बाँचौ र अरुलाई पनि बचाउजस्ता संचेनाका कार्यक्रम साँस्कृतिक मार्फत झल्काइएको छ ।
प्रतिक्रिया दिनुहोस