नन्द बहादुर रोकाया
बैशाख १३ मुगु
मुगु जिल्ला स्थित रारा राष्टिय निकुन्ज भित्र रहेको एक व्यवसायिक रिर्सोटमा आगलागी हुदा लाखौको क्षेती भएको छ ।
निकुन्जको कार्यालय भन्दा ५० मिटर माथी रहेको भिलेज हिरिटेज एण्ड रिर्सोटमा शनिबार दिउसो २ बजे तिर एक्कासी आगलागी हुदा २ तले भवन सहित भवन भित्र रहेका होटलका लाखौ मुल्य बराबरका जिन्सी सामानहरु जलेर खरानी भएको रारा राष्टिय निकुन्ज कार्यालयका निर्मित निकुन्ज संरक्षण अधिकृत यज्ञ राज रोकायाले फोन मार्फत जानकारी गराउनु भयो ।
आगलागी भए लगतै रिर्सोट नजिकै रहेको श्रीदल गुल्मका नेपाली सेना र निकुन्जका वन रक्षकहरुको टोलीले आगो निभाउन सहयोग गरेका थिए । भवनको आगो निकुन्जको वनक्षेत्रमा नसल्कियोस भनेर सुरक्षाकर्मीहरुले अग्नी रेखा समेत हालेर वन जोगाएपनि भवन पुर्ण रुपमा खरानी भएको छ । आगलागी भएको करिव १ घण्टा पछि आगो नियन्त्रणमा आएपनि भवनको धेरैजसो संरचना काठले बनाएकाले भवनलाई आगोले खरानी बनाएको थियो ।
नेपाल कै प्रमुख पर्यटकिय केन्द्र तथा नेपाल कै ठुलो ताल रारा घुम्न आउने आन्तरिक ताथ बाईय पर्यटकहरुका लागी निकुन्ज भित्र रहेका डाँफे होटल र भिलेज हिरिटेज एण्ड रिसोर्टले बस्न र खानको लागी सेवा दिदै आएका थिए । रारा आउने पर्यटकहरुका लागी यी दुई होटल कम भएर पर्यटकहरुले दुख्ख पाउदैैै आएका गुनासो गर्ने गरेका थिए ।
पर्यटन व्यवसायी राजु कार्कीले संचालन गदै आएको यो रिर्सोटले पर्यटकहरुलाई गुणस्तर खाना नास्ता र सुविधायुक्त बसाईको सेवा दिदै आएको बेला रिर्सोटमा आगलागी भएर लाखौको क्षती भएपछि रारा आउने पर्यटकहरुले झनै दुख्ख पाउने भएका छन ।
आगलागी भएको खबर पाउने वित्तिकै सदरमुकाम गमगढीबाट नेपाल प्रहरी घटना स्थल तिर गएको थियो । रिर्सोटमा आगलागी विजुलीको तार सर्ट भएर भएको भन्ने बताईएपनि के कसरी आगलागी भएको त्यो एकिन हुन नसकेको, आगलागीले भवन सहित त्यहाँ रहेका सबै सामान,खाद्य वस्तुहरु खानी भएको रप्रहरी स्थलगत मुचुल्का निकाली रहेकाले एकिन क्षतीको विवरण प्रहरी टोली सदरमुकाम गमगढी फर्केपछि मात्र थाहा हुने प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए ।
बैशाख महिना लागे यता सदरमुकाम आसपास यो सहित ५ वटा आगलागीका घटना भएका छन गत बुधबारमा मात्र छायाँनाथ रारा नगरपालिका वडा नं १४ बाम गाँउको एक घरमा आगलागी हुदा पुरै घरसहित सरसामान खरानी भएका थिए । पिडितहरुलाई छायाँनाथ रारा नगरपालिकाले घर मै गएर राहत उपलब्ध गराएको थियो ।
प्रतिक्रिया दिनुहोस